Logo

‘इन्टु मिन्टू लन्डनमा’को पहिलो गीत सार्वजनिक (भिडियो)


कलाखवर संवादाता,फागुन १२-  रेनशा राईको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘इन्टु मिन्टू लन्डन’को पहिलो गीत सार्वजनिक भएको छ। गायक स्वप्न सुमनको शब्द, सङ्गीत र स्वरमा रहेको ‘थाहै भएन’ बोलको रिलिकल अडियो गीत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको रोमान्टिक तस्बिरहरू प्रस्तुत गरिएको छ । उक्त तस्बिरमा साम्राज्ञी र धिरजको जोडी निकै आकर्षक देखिएको छ ।

चलचित्रको नेपालको छायाङ्कन सकिएता पनि युकेको दोस्रो तालिकाको छायाङ्कन भने बाँकी रहेको छ । वसन्त ऋतुको अवसर पारेर चैतरबैशाखमा चलचित्रको दोस्रो चरण छायाङ्कन गरिने निर्माण टिमले बताएको छ ।

प्रज्ज्वल समशेर जबरा र निर्देशक राईको कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजको साथै सरुक ताम्राकारको मुख्य भूमिका रहेको छ । प्रदर्शन मिति तय भइनसकेको चलचित्रलाई आई कोर फिल्मस्को ब्यानरले निर्माण गरेको हो । प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबरा इन्टु मिन्टु लन्डनमा’का निर्माता हुन् भने सह-निर्माताहरूमा सुलेखा राई, वसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्