चर्चित ‘मुटुको कुना कुनामा सजाई राखेको …मरिसकेको माया ‘ मन छुने गीत बजारमा ( भिडियो सहित )

छिरिङ्ग शेर्पा ,फाल्गुन १० – काठमाडौँ । चर्चित गायक सोनाम शेर्पाको सुमधुर स्वरमा ‘मुटुको कुना कुनामा सजाई राखेको… मरिसकेको माया ‘ नयाँ गीतको भिडियो बजारमा आएको छ । थुप्रै गीतहरु गाएर लाखौ दर्शक तथा श्रोताहरुको मन जित्न सफल गायक शेर्पाको निकै मन छुने यस गीतलाई बूढासुब्बा म्युजिक प्रा.लि. ले बजारमा ल्याएको हो ।
यस म्युजिक भिडियोमा चर्चित नायिका छिरिङ्ग डोमा शेर्पा र लोकप्रिय कलाकार पुष्पल खड्काको अभिनय देख्न सकिन्छ । छिरिङ्ग डोमा शेर्पा मोडलिङ्ग तथा अभिनय क्षेत्रमा एक चर्चित नाम हो । उनको कुशल अभिनय दर्जनौं म्युजिक भिडियोहरुका देख्न सकिन्छ । उनले अहिले शेर्पा भाषामा निर्मित ठुलो पर्दाको चलचित्र ” ठिन्चें फमा ” मा मुख्य भूमिकामा नायक छोंग्बा शेर्पाका साथ अभिनय गरिसकेकी छिन ।
निर्देशक निकेश खड्काको निर्देशन रहेको यस गीतको भिडियो मिंग्मा शेर्पाको सहकार्यमा तयार भएको हो । यसमा छायांकन बुद्ध लामाले गरेका छन् भने सम्पादन विकाश लामाले गरेका हुन् । यस मर्मस्पर्सी गीतका रचनाकार गायक सोनाम शेर्पा स्वयं हुन् र संगीत पनि गायक आफैले नै भरेका छन् ।
यस गितको भिडियो तलको लिंक मार्फत हेर्नु होला ।