Logo

गजल



 

अझै शुद्ध गर्न त्यो मन प्रशोधन गरेको खबर आयो
मेरो प्रस्ताव सहर्ष अनुमोदन गरेको खबर आयो।

यसै समर्पित थिएँ म तिमीले नी यो दिल जित्नलाई
गुलाब मिसाइ अङ्ग अङ्ग रंग रोगन गरेको खबर आयो ।

जादुमयी माधुर्यमा अरु लालायित हुंदाहुंदै
मै तिर त्यो पीरति विनियोजन गरेको खबर आयो ।

एक साथ सयौँ इन्द्रेणी परेझैँ नयन धड्कनमा अनुभूति भो
तस्वीर कोरेर त्यसैमा प्रीत विमोचन गरेको खबर आयो।

यता तिर फूलमाला निम्तोको तयारी गरे भयो, उता
आनन्द मानी प्रवेश द्वारमा तोरण गरेको खबर आयो।

दिलिप खनाल “अन्जान” व्यास–९ काजीफाँट,तनहूँ

 

 

प्रतिक्रिया दिनुहोस्