Logo

चलचित्र ‘साढे सात’ मलेसियामा


कलाखवर संवादाता,फागुन ८- फागुन ११ गते नेपालमा प्रदर्शन हुन लागेको चलचित्र ‘साढे सात’ मलेसियामा पनि प्रदर्शन हुने भएको छ । मलेसियाको मलाय भाषाको सबटाइटलसहित चलचित्र रिलिज हुने निर्माण पक्षले बताएको छ ।

सोमबार काठमाडौँमा एक विशेष भेटघाटमा चलचित्रको बारेमा जानकारी दिइएको थियो । निर्माण पक्षका अनुसार मलेसियामा ७०० सिनेमा हलहरू छन् । साढै सातको ट्रेलर हेरिसके पश्चात् मलेसियाका वितरकले मलेसिया राइटस् किनेको र ७०० हलमा चलचित्र रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै निमार्ता नरेशदेव पन्त भन्छन् ‘मलाय सबटाइटलमा मलेसियामा रिलिज हुनु भनेको नेपाली चलचित्रको लागी फाइदाको कुरा हो । ’

चलचित्र साढे सातमा नाकाबन्दीको समयमा नेपालीहरूले भोगेको कथाको साथै एक फोटो पत्रकारले देखेको, भोगेको समाजलाई प्रस्तुत गरिएको छ। चलचित्रमा गायक तथा नायक सत्यराज आचार्य मुख्य भूमिकामा रहेका छन् । आफूले सोचेको भन्दा पत्रकारको जीवन निकै कठिन रहेको सत्यले कार्यक्रममा बताएका थिए । ‘मैले सोचेको पनि थिइन् । पत्रकारको जीवनमा यति धेरै चुनौती र कठिन हुन्छ भनेर ।

साढे सातमा आफू पत्रकार बन्न पाउँदा नजिकबाट बुझ्न पाए।’ उनी बताउँछन् । सुनिल थापाको प्रस्तुति, सत्यस्वरुप इन्टरटेन्टमेन्ट, माउरी इन्टरटेन्टमेन्ट, ब्याल्क पेपर स्टुडियो, एबिसी एण्ड एआरसी ग्राण्डसन फिल्मस्को ब्यानरमा बनेको ‘साढे ७’मा सत्यराजको साथै मेनका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कटुवालको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेश देव पन्त, डिजे सन्तोष र साम्तेम भुटियाको संयुत्त लगानी रहेको छ । चलचित्रलाई साम्तेम भुटियाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्