Logo

‘डिट्ठा साब’को ‘चङ्गा’ जेठ २५ मा आउदैँ


कलाखवर संवादाता,फागुन ८ –केही साता अघिमात्र छायाङ्कन सकिएको चलचित्र ‘चङ्गा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्र निर्माता तथा निर्देशक किशोर भण्डारी ’डिट्ठा साब’का अनुसार चलचित्र आगामी वर्ष २०७५ को जेठ २५ गते रिलिज हुने भएको छ ।

चलचित्रलाई मोफसलमा वितरणको अधिकार एफडी कम्पनीले खरिद गरेको छ । मङ्गलवार निर्माण टिम र एफडी कम्पनीबिच वितरण सम्झौता भएको भण्डारीले जानकारी दिए । चङ्गाको तर्फबाट निर्देशक भण्डारी र एफडी कम्पनीको तर्फबाट अध्यक्ष नरेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै उपत्यकामा वितरणको अधिकार करण श्रेष्ठको रिच ईन्टरटेन्मेन्टले लिएको छ ।

हास्य जनरासँगै पारिवारिक तथा सामाजिक कथा बोकेको ’चङ्गा’मा पैसाको समस्यापछि एक ग्रामीण भेगको युवकको जीवनमा आउने उतार चढावलाई जोडिएको छ । चलचित्रमा बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना ’बुनु मैंचा’, अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमबर्षा खड्का, लकी भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । रविन आचार्यको छायाङ्कन रहेको चलचित्रको यति बेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्