Logo

दाहालको अध्यक्षतामा संसदीय पत्रकार मञ्च


 

हेटौँडा, ८ फागुन ,राजकुमार राई ः पत्रकारलाई संघीय संसद् तथा प्रदेशसभाको रिपोर्टिङमा सहजीकरण गर्ने उद्देश्यका साथ हेटौँडामा संसदीय पत्रकार मञ्च गठन भएको छ । प्रदेश नं ३ को अस्थायी राजधानी हेटौँडामा आज भएको पत्रकारको भेलाले गोरखापत्र दैनिकका संवाददाता राममणि दाहालको अध्यक्षतामा नौ सदस्यीय मञ्च गठन गरेको हो ।

उपाध्यक्षमा कान्तिपुर दैनिकका नगेन्द्र अधिकारी र सचिवमा साझा कुरा दैनिकका केशव समर्पण रहेका छन् । तु–खबर डटकमका कार्यकारी सम्पादक चन्द्र घलान सहसचिव र रेडियो थाहा सञ्चारकी सिर्जना नेपाल कोषाध्यक्षमा चयन भएकी छन् मञ्चको सदस्यहरुमा नयाँ पत्रिका दैनिकका संवाददाता सुदीप शिवाकोटी, नागरिक दैनिकका संवाददाता अशोक सुजन श्रेष्ठ,

प्रदेश दैनिकका संवाददाता प्रमोद अर्याल र रेडियो ताम्सालिङका दिलबहादुर लामा रहेका छन्भेलामा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानीमैयाँ विष्टलगायतको सहभागिता रहेको थियो ।

मञ्चले केही समयमा नै केन्द्रीय मञ्चसँग छलफल गरी पत्रकारलाई संसदीय रिपोर्टिङसम्बन्धी तालीमको आयोजना गर्ने निर्णय गरेको छ । प्रदेशसभा सचिवालयसँग समन्वय गरी पत्रकारलाई संसदीय रिपोर्टिङमा सहजीकरण गर्नलाई आगामी दिनमा मञ्चले भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष राममणि दाहालले बताउनुभयो मुलुक संघीयतामा गइसकेपछि

प्रत्येक प्रदेशमा संसदीय अभ्यास हुने भएकाले त्यसका लागि पत्रकारको दक्षता, क्षमता अभिवृद्धि तथा अन्य सहयोगका लागि मञ्च गठनको आवश्यकता परेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । यसअघि संघीय संसद्मा मात्र गठन भएको मञ्चको ३ नं प्रदेशको राजधानी हेटौँडामा पहिलोपटक शाखा विस्तार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्