Logo

‘ट्वान्टी फस्ट लभ’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)


कलाखवर संवादाता,फागुन ३ –पछिल्लो समय वेभ सिरिजको क्रेज निकै छ । ‘हाईस्कुल’बाट चर्चा कमाएको कलाकारहरू सरोज अधिकारी, आशामा विश्वकर्मा, अनुष्का अधिकारी, संयोग गिरी लगायतका कलाकारलाई लिएर ‘ट्वान्टी फस्ट लभ’ निर्माण भएको छ । युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको यो सिरिज मार्च १ बाट कान्तिपुर टेलिभिजनमा समेत प्रसारण हुने भएको छ ।

सिरिजमा चर्चित नृत्य समूह कार्टुन क्रुजका सरोज र आश्माको मुख्य भूमिकामा छन् । सरिन पोखरेलको निर्देशन, कथा रहेको ट्वान्टी फस्ट लभमा सरोज र आश्मासँगै अनुष्का अधिकारी, संयोग गिरी, विजय अधिकारी, निशान्त सुवेदी, दृशी श्रेष्ठ,पवन शाक्य, अञ्जन शर्मा, राधा श्रेष्ठ, खगेन श्रेष्ठ, कमल अधिकारी र रश्मि भट्टको अभिनय रहेको छ । मिलन शङ्कर र ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको सिरिजलाई ईश्वर गुरुङले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्