Logo

‘कोहलपुर एक्सप्रेस’को रोमान्टिक गीत रिलिज (भिडियो)


कलाखवर संवादाता,फागुन ३ -चलचित्र ‘कोहलपुर एक्सप्रेस’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसरमा दर्शकलाई उपहार स्वरूप ‘अब मनसँग मन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी गरेका हुन् । यस अघि या चलचित्रको पहिलो गीत स्वरूप ‘सी ओ डब्लु काउ’ सार्वजनिक भएको थियो । राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वरमा रहेको उक्त गीतले निकै चर्चा पाएको छ । रोमान्टिक गीतमा भने चलचित्रका मुख्य कलाकार केकी अधिकारी र विनोद न्यौपाने फिचर छन् ।

विशाल भण्डारीको निर्देशन रहेको कोहलपुर एक्सप्रेसलाई नायिका केकी अधिकारीले निर्माण गरेकी हुन् । चलचित्रमा केकीको साथै विनोद न्यैपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा कथा निर्देशक भण्डारीको नै हो ।अर्जुन तिवारीको छायाङ्कन रहेको चलचित्रका निर्माताहरू भद्रबहादुर शाही, देवीलाल न्यौपाने ९पण्डित०, शिवप्रसाद चौलागाई हुन् ।

प्रतिक्रिया दिनुहोस्