मृगौला पिडित गायीका जलजला परियारलाई गायक राजेश पायल राईद्वारा पाँच लाख हस्तान्तरण ।
काठमान्डौ, १७–माघ,राजकुमार राई । दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी गायिका जलजला परियारलाई संगीतकार सुनिल मास्केको संयोजकत्वमा एक लाख ३३ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । केही दिनअघि मात्र संगीतकार मास्केले आफ्नो फेसबुक मार्फत् गायिका जलजला परियारको उपचारका लागि सहयोग जुटाउन अपिल गरेपछि गीतसंगीतको क्षेत्रमा लागेका विभिन्न स्रष्टा सर्जकहरुबाट सहयोग रकम जम्मा भएको थियो ।
संगीतकार मास्केले दश हजार रुपैयाँ दिँदै सहयोगको सुरुवात गरेपछि गीतकार श्रवण जोशी, नूतन भुसाल, योगेन्द्रमणि दाहालले ५–५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यस्तै हाम्रो मुस्ताङ एल्बमको तर्फबाट बादल थकालीले गीतकार विपिन किरणमार्फत ५ हजार दिएका थिए ।त्यसैगरी संगीतकर्मी किशोर थापा, प्रदीप श्रेष्ठ, सरोज साह, दिलिप पिया, सन्जिव मैनाली, सन्जिब मास्के, अनुप मास्के, साजन साह, बिरेन्द्र श्रेष्ठले ३० हजार रकम जुटाएका थिए ।
त्यस्तै गायक रामकृष्ण ढकालले दश हजार, गायीका स्मिता दाहाल ५ हजार, गायक त्रिलोक राना ५ हजार, गीतकार खलानको मान्छे अशोक –हाल जर्मनी०बाट ५ हजार, रामलाल श्रेष्ठबाट ५ हजार, सागर श्रेष्ठ ९यूएसए०बाट ५ हजार, ऐरेन्जर आमोस तामाङबाट १० हजार, ऐरेन्जर अमुल कार्की र एलिस कार्कीबाट १० हजार, संगीतकार सचिन सिंहबाट ५ हजार, ओमराज लामाबाट १२ हजार ५ सय रकम जम्मा भएको छ
। अनुप मास्के, अनिल अर्याल, कमल नारायण श्रेष्ठ, कुशल श्रेष्ठ, अमृत भण्डारी, शैलेश श्रेष्ठ, रुपेश मास्के, वीरेन्द्र श्रेष्ठ, उज्ज्वल खड्का, सोनाम बाग्दी लामा, रिसच वन्त, बद्री पाण्डबाट दश हजार रुपैयाँ गरी १ लाख ३३ हजार ५ सय रुपैयाँ जम्मा भएको रकम जलजलाका बुबा नारायण बहादुर दर्जीको हातमा हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण गर्न संगीतकार मास्केको टोलीमा गायक रामकृष्ण ढकाल, गीतकार योगेन्द्रमणि दाहाल, विपिन किरण, पत्रकार तुलसी गिरी, गायक राजेशपायल राई लगायतको टोली उपस्थित भएको थियो ।
त्यसैगरी आज नै गायिका माण्डवी त्रिपाठीले ५ हजार रकम सहयोग गरेकी छन् भने गायक राजेशपायल राईको संयोजकत्वमा जम्मा भएको तीन लाख ८४ हजार रकम ८ सय ६० रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो । केही समयअगाडि मात्रै ६८ हजार ६ सय २५ रुपैयाँ पनि संकलित रकम हस्तान्तरण गरिएको थियो । त्यसैगरी कलाकार केदार घिमिरे –माग्ने बुढा०ले पनि ५० हजार सहयोग गरेका छन् भने गायिका सुनिता दुलाले २० हजार सहयोग गरेकी हुन् ।
त्यसैगरी संगीतकार संघ नेपालको कल्याण्कारी कोषकोतर्फबाट अध्यक्ष लक्ष्मण शेषको टोलीले अस्पताल पुगेर २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ भने नेपाल आइडलका प्रतियोगी सागर आलेले ५० हजार सहयोग गरेका छन् भने भद्रगोल टीमले ४० हजार सहयोग गरेका छन् । नेपाली तारा सिजन –३ मा उत्कृष्ट ६ बाट बाहिरिएकी गायिका जलजला परियार पछिल्लो समय शास्त्रीय संगीतको अध्ययन गरिरहेकी थिइन् ।