Logo

कालिञ्चोकमा पवित्राले हिउँसँग लुकामारी खेलेपछि


काठमाण्डौ,१६–माघ,राजकुमार राई । कालिञ्चोकमा परेको हिउँको निर्देशक बसन्त निरौलाले राम्रै सदुपयोग गरेका छन् । उनी, कालिञ्चोक पुगेर एक गीतको म्यूजिक भिडियो खिचेर फर्किएका छन् । सो गीतको भिडियोमा अभिनेत्री पवित्रा आचार्यले नृत्य गरेकी छिन् ।

 

‘हिउँ जस्तै सफा मन, हिउँ जस्तै कोमल तन’ बोलको गीतको भिडियो हिउँमै पुगेर खिचिएको हो । गायिका पारुको गीतमा आवाज छ । गीतमा देव पुनको शब्द तथा संगीत छ । भिडियोको कोरियोग्राफी मोडल पवित्राले नै गरेकी हुन् । दिव्य सुवेदीले भिडियो खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्