Logo

बृहत राष्ट्रिय शिक्षा महाअभियान कार्यक्रम देश ब्यापी रुपमा हुदै



काठमाण्डौ,८–माघ,राजकुमार राई –  इन्टिरनेशनल एडुकशन अफ बोर्डका म्यनेजिङ डाईरेटर अभिशेक घिमिरेको नृत्वमा सिप्रदी टाटा मोटरस सम्मिलित बृहत राष्ट्रिय शिक्षा महाअभियान कार्यक्रम देश ब्यापी रुपमा सुरु हुने भएको छ ।

आज रिर्पोर्ट कलबमा पत्रकार सम्मेलन गर्दै असि वर्ष पुरानो पाठयक्रम तथा तीन घण्टे परीक्षा प्रणालीलाई परिष्कृत गरि, रटन्ते प्रणालीलाई निरुत्साहित गर्दै ब्याहारिक सिकाईलाई प्रोत्साहन गर्नका लागी यो कार्यक्रमको आयोजना गर्न लागीएको घिमिरेले बताउनु भयो । साथै यो अभियानबाट बिद्यार्थीको निरञ्तर मूल्याङ्कन प्रणालीलाई जोड दिने समेत उहाको भनाई थियो ।

सीप संकार र प्रविधि सहितको शिक्षा प्रणालीलाई स्थापीत गरी स्वरोजगार तथा उध्यमशीलताका लागी स्कुल तहबाटै एक विद्यार्थी एक सीपको कार्यक्रम लागु गर्नु पर्ने कुरामा जोड दिनु यो अभियानको मुख्य उद्देश्य हरेको छ । पूर्वमेचीदेखि पश्चिम महाकाली सम्म हुन लागेको यो शैक्षिक अभियानलाई सम्पूर्ण नेताहरु प्रचण्ड, प्रधान मन्त्रि लगायत अन्य मन्त्रिहरुको समक्ष बसेर बृहत रुपमा बहस चलाउनु पर्ने, रिर्पोटस कलबका अध्यक्ष तथा पत्रकार ऋषि धमलाले बताउनु भयो ।

माघ ८ गतेबाट निरञ्तर रुपमा हुन लागेको यो बृहत राष्ट्रिय शिक्षा महाअभियानका लागी उपस्थित विभिन्न शैक्षिक संस्थामा क्रियाशील व्यत्विहरुले शूभकामना तथा बधाई समेत ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्