काठमाडौँ घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय युवा सम्मेलन सम्पन्न

उत्सव वाग्ले,पौष ३० – युवा संसद नेपालले आयोजना गरेको ‘ग्लोबल युथ पिस कन्फ्रेन्स २०१८ ’ काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
कार्यक्रमा सहभागी हुन सार्क राष्ट्रसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा,जापान, फिलिपिन्स, थाइल्याण्ड लगायत ३३ देशका १ सय ३० जना युवा अभियन्ताहरुको सहभागिता रहेको थियो ।
युवा संसद नेपालका संयोजक दिवाकर अर्यालले युवाहरुको साझा एजेण्डा र आवश्यकताबारे छलफल गरि भावी रणनीति तय गरि सम्मेलन सम्पन्न भएको बताए ।
सम्मेलनले जलवायु परिवर्तन, लोकतन्त्र र सुशासन, सामाजिक उद्यमशीलता , युवा सहभागिता र शान्तिका लागि सांस्कृतिक कुटनीतिको आवश्यकता लगायतका विषयमा छलफल गरि काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो ।
सम्मेलन मार्फत साझा रणनीति बनाएर विश्वशान्तिलाई संस्थागत गर्न नेपालबाटै पहल लिइनु पर्ने जारी विज्ञप्तीमा जनाइएको छ । कन्फ्रेन्समा सहभागीता जनाउने सम्पुर्णलाई प्रमाणपत्र समेत दिइएको थियो ।