Logo

रोजगारी माग्दै जुलुशमा उत्रिए युवा


कलाखवर संम्वादाता,पौष २९- देशभित्रै रोजगारीको अवस्था सिर्जना हुनुपर्ने माग राख्दै राष्ट्रवादी केन्द्र नेपालले राजधानीमा प्रर्दशन गरेको छ।

‘स्वदेशमै काम गरेर खान दे’ भन्ने मूल नारा र नेपालको राष्ट्रिय झन्डा सहित सयौं युवाले प्रदर्शन गरेका हुन्। आयोजक राष्ट्रवादी केन्द्रले सरकारको कामले बैदेशिक हस्तक्षेप बढाएको र सनातन धर्म संस्कृतिको रक्षाको लागि युवा आफै जुट्नुपर्ने भन्दै सडकमा आएको बताएको छ।

वेरोजगारी अन्त्य गर्दै नेपालमा नै बसेर काम गर्ने बाताबरण नबनुन्जेल आफूहरु संघर्ष गरिरहने र्‍यालीको नेतृत्व गरिरहनु भएका केन्द्रका अध्यक्ष चन्द्रबहादुर थापाले बताए। देशको भविष्य मलेशिया कतारको श्रममा नभएर देश भित्र नै रहेको संदेश दिन पनि प्रदर्शन गरेको बताए।

आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रवादीहरुको हातमा राज्यसत्ता, बेरोजगार वर्गहरुको मुक्ति, जनजिविका समस्याको समाधान नभए सम्म आन्दोलन जारि रहने पनि अध्यक्ष थापाले बताए। स्वेदशमै काम गरेर खान दिन माग गर्दै भृकुटीमण्डपबाट निस्केको रयाली बसन्तपुर डबलीमा गएर सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्