Logo

‘राज्जा-रानीको प्रिमियर सो सम्पन्न


 

कलाखवर संम्वादाता ,पौष २०- शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र राज्जा रानीले प्रिमियर सो सम्पन्न गरेको छ । बुधवार राजधानीको राइजिङ मल क्युज् सिनेमामा चलचित्रको प्रिमियर सो सम्पन्न गरिएको हो । कार्यक्रममा नेता लालबाबु पण्डित सहित दर्जनौँ चलचित्रकर्मी, संचारकर्मीको उपस्थििती रहेको थियो । तराईमा हुने दाइजो प्रथाको कथालाई उठान गरिएको चलचित्र हेरिसकेपछि सबैले तारिफ गरेका थिए ।

चलचित्र हेरिसके पश्चात् अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेनको जीवन्त अभिनयले वाहवाही पाएको थियो । यम थापाको लेखन तथा निर्देशन रहेको चलचित्रमा केकी र नाजिरको साथमा कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित लगायतका कलाकारको अभिनय रहेको छ। रमेश एमके पौडेलले निर्माण गरेको चलचित्र नेपाली र मैथली दुवै भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्