‘लिलिबिली’ को युरोप ‘इन्डक्ल्याप’
कलाखवर संवाददाता ,काठमान्डौं पौस १८- नेपाली कथानक चलचित्र ‘लिलिबिली’ को येरोप छायांकन ‘इन्डक्ल्याप’ गरिएको छ । लन्डन, स्कटल्याण्ड, टर्कीको स्थानबुलमा पुगेर सिनेमा ‘लिलिबिली’ को युरोप छायनंकन इन्क्ल्याप गरिएको हो ।
स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्की फिचर्ड गीतको छायाँकनसँगै सिनेमाको ‘इन्डक्ल्याप’ गरिएको निर्माण पक्षले जनाएको छ ।
युरोपियन देशमा सिनेमाको छायांकन करिव ५० दिन लगाएर गरिएको हो । चलचित्र ‘लिलिबिली’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । सिनेमामा प्रियंका कार्की, प्रदीप खड्का, जसिता गुरुङ र अनुपविक्रम शाहीको मुख्य भूमिका छन् ।
चलचित्र नेपाली नयाँ वर्षको अवसर पारेर चैत ३० गते अल नेपाल रिलिज हुँदैछ ।