Logo

पोखरामा ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ हुने


 

 

 

 

कलाखवर संवादाता ,काठमान्डौं पौस १८ – नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा आगामी माघ १९ गतेबाट पोखरामा ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ हुने भएको छ।चार दिनसम्म चल्ने फेस्टिभलको बारेमा आयोजकले सोमबार कार्यक्रम फेस्टिभलको औपचारिक घोषणा गरेको हो।महोत्सव निर्देशकले फिल्मको बहसलाई मोफसलमा बिस्तार गर्ने उदेश्यले महोत्सव पोखरामा आयोजना गरेको जानकारी दिए। उनका अनुसार फेस्टिभलमा ५३ फिल्म प्रदर्शन गरिनेछ।

आयोजकका अनुसार विश्वभरबाट प्राप्त ४ सय बढी फिल्महरुबाट १३ फिचर फिल्म र ४० सर्ट फिल्म प्रदर्शन गरिनेछ। त्यस्तै १० वटा डिसकोर्स सञ्चालम हुनेछ। जसमा फिल्मको सैद्धान्तिक बहस हुनेछ। जसका लागि प्यानलमा साहित्यकार, निर्देशक, समाजशास्त्री, कलाकार आदी रहनेछन्। मनोज पण्डितले दिएको जानकारी अनुसार इन्डिया र चाइनाको कथ्य संरचनामाथि क्लास समेत संचालन हुनेछ।

महोत्सवमा देखाइएका मध्ये उत्कृष्ट ठहरिएको फिचर फिल्मले १ हजार अमेरिकी डलर, उत्कृष्ट सर्ट फिल्मले ५ सय अमेरिकी डलर र नेपाली फिल्ममध्ये उत्कृष्ट ठहरिनेले २५० अमेरिकी डलरसहित ट्रफी प्राप्त गर्नेछन्।

फेस्टिभलमाका गि चाइनिज निर्देशक पेङ जिआ ओलिन, जापनिज निर्माता सोजो इचियामा, श्रीलंकाको निर्देशक तथा अभिनेता भिमुक्ती जयसुन्दरा, फिल्मकर्मी खल्ल बेनीक्रेन, भारतिय फिल्म समीक्षक अशोक रेन र नेपाली फिल्म निर्देशक मिनबहादुर भाम निर्णायक रहनेछन्।

प्रतिक्रिया दिनुहोस्