मिस शेर्पा टयालेन्ट सो प्रतियोगिता सम्पन्न

काठमाण्डौ,१२–पौष, राजकुमार राई । डिपास ईन्टरनेशनलद्वारा बुधबार काठमाण्डौको भृकुटी मण्डपमा मिस शेर्पा २०१७ को पहिलो चरणको सुन्दरी प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको छ । वाक शक्ति र कला सँस्कृतिको प्रर्वधन तथा विकासका लागी कार्यक्रमको आयोजना डिपासका अध्यक्ष्य तथा ईन्टरनेशनलका डाईरेक्टर पासाङ ( छेलामु ) शेर्पाले बताईन् ।
सो कार्यक्रममा १२ जना प्रतिस्पर्धीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा सहभागी प्रतिस्पर्धीहरुले विभिन्न विधामा रही आफ्नो प्रतिभाहरु देखाएका थिए । कसैले गीत , नृत्य प्रस्तुत गरेका थिए भने कुनै जलवायु तथा कफि बनाउने तरिका जस्ता विषयमा आफ्नो प्रतिभाहरु देखाएका थिए ।
निर्णायक मण्डलमा मोडेल तथा कलाकार सुशान्त कार्की, मिस शेर्पा २०१२ कि विजेता छिमी शेर्पा, फेशन डिजाईनर एवं ईमेज एफ। एम। का कार्यक्रम प्रस्तोता थिन्दुप शेर्पा, फेशन ईभेन्ट ओर्गनाईजेशनका समीर सिंह क्षेत्री रहेका थिए।
उक्त प्रतियोगिताको आधिकारिक आयोजक डिपास ईन्टरनेशनलका डाईरेक्टर पासाङ (छेलामु ) शेर्पाले प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा पौष १४ गते तिनकुनेको रोयल ईभेंटमा हुने जनाएकी छिन ।