Logo

शेर्पा सुन्दरीहरुलाई सडक र सवारी सम्बन्धी सचेतना शिक्षा


छिरिंग शेर्पा – ०९ पौष २०७४, काठमाडौँ । मिस शेर्पा २०१७ का प्रतिस्पर्धी सुन्दरीहरुले महानगरीय ट्राफिक प्रहरी महाशाखामा पुगेर सडक र सवारी , ट्राफिक अनुशाशन, यातायात आवागमन व्यवस्थापनका विषयमा जानकारी लिए ।

मिस शेर्पा प्रतियोगिताको आधिकारिक आयोजक डिपास इन्टरनेशनलले प्रतियोगिताका प्रतिस्पर्धी सुन्दरीहरु मार्फत सडक र सवारी सम्बन्धि चेतना फैलाउन साथै उनीहरुको व्यक्तित्व विकासका लागि यसप्रकारको कार्यक्रम आयोजना गरिएको डिपासका अध्यक्ष पासाङ् (छेल्हमु ) शेर्पाले बताए ।

 

सुन्दरीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी अधिकृतहरुले सवारी शिक्षा, सडक यातयात व्यबस्थापन र सवारी नियमका आधारभूत जानकारी दिएका थिए ।

 

कला सुव्वाको कोरियोग्राफि रहेको यस प्रतिस्पर्धाले व्यक्तिगत दक्षता तथा आत्मविश्वास वृद्धि , कला प्रस्तुति शैलीको विकास गर्नुका साथै कला संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा महत्वपुर्ण योगदान पुराउनेमा आफु बिश्वस्त रहेको अध्यक्ष शेर्पाले बताए ।

यस प्रतिस्पर्धामा नेपालभरिबाट छनौट भएका शेर्पा समुदायका १२ जना प्रतिस्पर्धीहरु छन् । प्रतिस्पर्धीहरु अहिले क्षमता अभिवृद्धि , सिप विकास तथा उत्प्रेरणाका लागि तालिम कक्षामा समय दिई आफुलाई अब्बल साबित गर्न लागिपरेका  छन् । यस प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भने यहि पौष १४ गते शुक्रबार रोयल इभेन्ट्स तिनकुने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्