“मिस शेर्पा २०१७” को अडिसन आज सम्भाला कम्प्लेक्स बौद्धमा सम्पन्न

छिरिङ्ग शेर्पा, पौष – २ काठमाण्डौ। डिपास इन्टरनेसनलले आयोजना गरिरहेको “मिस शेर्पा २०१७” को अडिसन आज सम्भाला कम्प्लेक्स बौद्धमा सम्पन्न भएको छ ।
उक्त अडिसनमा कोरिओग्रफरको भूमिकामा कला सुब्बा तथा मेकअप आर्टिस्टको रुपमा दिकी शेर्पा थिइन् भने निर्णायक मण्डलमा मिस ईन्टरकन्टिनेन्टल २०१७ कि विजेता वर्षा शर्मा तथा मिस ईन्टरकन्टिनेन्टल २०१७ फस्ट रनर अप श्रीताज पाण्डे थिइन् ।
उक्त अडिसन चरणमा नेपालका विभिन्न जिल्लाबाट ४५ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् ।
सहभागीहरुले अब व्यक्तित्व विकाश , सचेताना मुलक कक्षा, शेर्पा भाषा तथा स्याब्रु नृत्य तालिम लिने छन् ।
यस प्रतियोगिताले क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई अब्बल बनाउँदै संस्कार, संस्कृतिका विषयमा ज्ञान दिलाउने आयोजक संस्था डिपासका अध्यक्ष पासाङ (छेल्हमु ) शेर्पाले जानकारी दिए ।
यस प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा भने विभिन्न चरण पार गर्दै ३० डिसेम्बरमा काठमाण्डौमा हुनेछ।