नायीका करिश्मा मानन्धरको साँसद बन्ने सपना अधुरै

काठमाडौं,पौष –२,राजकुमार राई । नायिका करिश्मा मानन्धरको अन्ततः सांसद बन्न नपाउने भएकीछन्। लामो समय चलचित्रमा सक्रिय नायिका करिश्मा केही वर्षदेखि डा बाबुरमा भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति पार्टी नेपालमा आबद्ध थिइन।
मंसिर १० र २१ मा भएको प्रदेश र प्रतिनिधिससभाको निर्वाचनमा नयाँ शक्ति नेपालको समानुपातिक उम्मेदवारतर्फबाट पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी करिश्मालाई समानुपातिक प्रणालीको बन्द सूचीको पहिलो नम्बरमा राखेको थियो। तर नयाँ शक्तिले समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत मत ल्याउन नसक्दा सांसद बन्न नपाउने भएकी हुन्।