Logo

गोरखा २ ,क, मा नयाँ शक्तिका आचार्य र ,ख, मा नेकाका दवाडी विजयी


गोरखा, २३ मंसिर रमिला मोक्तान । गोरखा क्षेत्र नं २ को ,क ,मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टी नेपालका हरिशरण आचार्य १५ हजार ३४३ मत प्राप्त गरी विजयी हुनुभयो ।

उहाँका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का कमला नहर्कीले १२ हजार ६५ मत प्राप्त गर्नुभयो । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय आचार्य बाबुरामले नयाँ शक्ति अभियान सञ्चालन गरेदेखि नै पालुङटार क्षेत्रमा रहेर राजनीतिमा लाग्नुभएको थियो ।

त्यस्तै क्षेत्र नं २ को ९ख० मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रकाशचन्द्र दवाडी १५ हजार ८५३ मत सहित विजयी हुुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट माओवादी केन्द्रका अमर तमुले १३ हजार ४११ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्