प्रदेश ‘ख’ खोटाङमा माओवादी केन्द्रका पासाङ विजयी
खोटाङ, २३ मंसिर रमिला मोक्तान । प्रदेश ‘ख’ खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ,पासाङ ,विजयी हुनुभएको छ । वाम गठबन्धनका साझा उम्मेदवार पासाङ १८ हजार ३७२ मत ल्याएर विजयी हुनुभएको हो ।
पासाङको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका विष्णुकुमार राईले १२ हजार २३९ मत प्राप्त गर्नुभएको छ । लोकतान्त्रिक गठबन्धनका विष्णुकुमारलाई वाम गठबन्धनका पासाङले छ हजार १३३ मतले पछि पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विसं २०४१ सालदेखि राजनीति शुरु गर्नुभएका पासाङ २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नं १ का प्रत्यक्ष निर्वाचित सभासद् हुनुभएको थियो ।