कपिलवस्तु–१ र २ मा वाम गठबन्धन, ३ मा काँग्रेसको अग्रता

जीतपुर, कपिलवस्तु, २२ मंसिर (रासस) ः जिल्लाका तीन प्रतिनिधिसभा क्षेत्रमध्ये १ र २ मा वाम गठबन्धन तथा ३ मा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार क्षेत्र नं १ मा चार हजार २१८ मतगणना हुँदा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका दीपकुमार उपाध्यायले एक हजार ४८३ र गठबन्धनका चक्रपाणि खनालले दुई हजार २१९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं २ मा छ हजार ७३४ मतगणना हँुदा काँग्रेसका सुरेन्द्रराज आचार्यले दुई हजार २२३ र सूर्य चिह्न लिएका वृजेशकुमार गुप्ताले तीन हजार ४५० मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा क्षेत्र नं ३ मा भने काँग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिनुभएको छ । पाँच हजार ६०४ मतगणना हँुदा उहाँले एक हजार ९४९ र संघीय समाजवादी फोरम नेपालका मंगलप्रसाद गुप्ताले एक हजार ४०५ मत प्राप्त गर्नुभएको छ ।