Logo

इलाम–१ मा खनालले अग्रता कायम गर्दै


इलाम, २२, मंसिर, राजकुमार राई प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं १ मा वाम गठबन्धनले अग्रता लिएको छ ।

दुई हजार ९०६ मत गणना भइसक्दा गठबन्धनबाट नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७४२ र नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभातर्फ क्षेत्र नं २ को मत परिणाम आउन केहीबेर लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्