सोलुखुम्बुमा पूर्वलडाकु अगाडि, पूर्वमन्त्री पछाडि

सल्लेरी, सोलुखुम्बु, २२ मंसिर, राजकुमार राई ।प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट पूर्वलडाकु एवं नेकपा माओवादी केन्द्रका नेता हेमकुमार राईले बाह्र हजार ३९२ मतसहित अग्रता लिनुभएको छ ।
तीनपटक मन्त्री बन्नुभएका नेपाली काँग्रेसका बलबहादुर केसीले आठ हजार ५११ मत प्राप्त गर्नुभएको छ ।
पूर्वसांसद समेत रहेका केसी २०६४ को संविधानसभाको निर्वाचनबाहेक कुनैपनि निर्वाचनमा पराजय हुनुभएको छैन भने राईले पहिलो पटक निर्वाचनमा भाग लिनुभएको हो ।
यस्तै प्रदेशसभा ९क० मा वाम गठबन्धनका उत्तमकुमार बस्नेतले छ हजार ५०३ मत ल्याउनुभएको छ भने काँग्रेसका प्रकाश सिं कार्कीले चार हजार ५९७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश सभा ९ख० मा पनि वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले सात हजार ४ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका आङ्गेलु शेर्पाले पाँच हजार १७ मत प्राप्त गर्नुभएको छ ।