नेपाल प्रहरीले किन देखाउछन् त अभद्र ब्यवहार ?

काठमाण्डौ, २१ , मंसिर राजकुमार राई । देश र जनताको सुरक्षा , अनि कानुनको पहरेदार प्रहरीले कहिल्यै सभ्य भाषाको प्रयोग गरेको देखिदैन । वर्दी लगाएको छ , अनि हतियार बोकै छ , तर उसले अफिसियल मर्यादाको ख्याल गर्न जानेको छैन ।
हो स ङ्कास्पद ब्यक्तिलाई विनम्र पाराले सोधपुच गर्नु उसको कर्तब्य नै हो , तर बाटोमा हिडिरहेको यात्रीलाई वीना कारण र प्रमाण , एक्कासी हप्काउनु र तर्साउनु भनेको उसले लगाएको वर्दीको अपमान गर्नु हो ।
अरुले बोलेको अपवाद शब्द र अबभद्र ब्यावहारको खण्डन गर्ने प्रहरीले नै यसतो व्यवहार देखाएपछि देशको सुरक्षा र कानुनको मर्यादा कसरी रहन्छ त ? जनता अनि देशको सुरक्षाको जिम्मेवारी बोकेका प्रहरीले नै उल्टै यस्ता आकतंकित र त्रासको वातावरण सृजना गरेपछि आमजनताको सुरक्षाको जिम्मेवारी कसले लिने त ? यसमा सरकार गम्भीर हुन जरुरी छ ।
चुनाबी माहोवललाई मध्यनजर गर्दै अहिले सुरक्षा घेरा एक्दमै कडा गरिएको छ , त्यो सबैले थाहा पाएकै छ । तर यति समयदेखि यति सम्म हिड्नु हुदैन भनेर तोकिएको छैन । आफुहरु हिड्दै डयूटीबाट घर फर्किरहेको वेला बाटोमा पुलिसले रोकेर हप्काएको देख्दा संकटकालको याद आएको एक यात्रुले कला्खबरलाई बताए ।