Logo

शान्तिपूर्ण वातावरणमा प्रदेश सभाको चुनाव सम्पन्न


काठमाण्डौ, २१,मंसिर,राजकुमार राई । देशका विभिन्न ठाउँमा आज विहा ७ बजेबाट मतदान सुरु भएको छ । कडा सुरक्षाको पहरा भित्र शान्तिपूर्ण वातावरणमा मतदान सुरुभएको छ । मतदान केन्द्र भित्र मोबाईल,कलम,डायरी लगायत अन्य सञ्चार सामाग्रीहरु प्रवेश निशेध गरिएको छ ।

सञ्चारकर्मीलाई समेत क्यामेरा र रेकर्डर बाहेकका अन्य सञ्चार सामाग्री प्रवेशमा रोक लगाएका थिए । कडा सुरक्षा घेरा भित्र निकै उत्साहितका साथ मतदाताहरु मतदान गरि रहेका थिए ।

भित्र भिडबाड नबढाउनका लागी मतदातालाई बाहिरबाट पालैपालो प्रवेश गराएका थिए । ठाउँठाउमा भएको बम विष्फोट र आक्रमनलाई मध्यनजर गर्दै सरक्षा गस्तिलाई निकै प्रभाबकारी बनाएका थिए । राजधानी लगायत देशका विभिन्न ठाउँमा सारी साधनहरु ठप्प थिए ।

प्रतिक्रिया दिनुहोस्