Logo

सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार, अवस्था गम्भीर


सप्तरी । सप्तरीमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मोहमद सहमुल अलि र नेता विनोद मण्डलमाथि छुरा प्रहार भएको छ ।

मोहमद सहमुल अलि सप्तरी क्षेत्र नम्बर ४ ९ख० का फोरम नेपालबाट प्रदेश सभा सदस्य उम्मेदवार हुन् । स ५ प १९४२ नम्बरको मोटरसाइकलमा आएको नचिनेका मानिसको समूहले सोमबार राति ९ बजे तिर अलि र मण्डललार्इ छुरा हानेको सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।

छुरा लागेर गम्भीर घाइते भएका दुवैजनाको राजविराजमा नै उपचार भइरहेको छ । बलान बिहुल गाउँपालिकाको बिहुल नदी नजिक उहाँहरुमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
नेपाली न्यूसबाट साभार ।

प्रतिक्रिया दिनुहोस्