मेरो जित सुनिश्चित ः अध्यक्ष दाहाल

चितवन, १८ मंसिर सुनिता राई नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ ।आज यहाँ रासससँग कुराकानी गर्दै उहाँले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताउनुभयो ।“जनताले पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् ।
मैले बल्ल बुझ्दै छु,” उहाँले भन्नुभयो ।विकासको प्रचुर सम्भावना भएको जिल्ला भएकाले देशभरिका लागि एउटा नयाँ नमुना प्रस्तुत गर्न आफू चितवनाट उम्मेदवार बनेको अध्यक्ष दाहालको भनाइ थियो । चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका दाहालले भन्नुभयो– “मेरो प्रतिस्पर्धी कोही छैन ।”
आफूले देश र जनताका लागि गरेको योगदानको जनताले मूल्यांकन गर्ने भन्दै उहाँले अब चितवनबाट विकास र समृद्धिको यात्रा शुरु हुने बताउनुभयो । “यहीँको जनताले मलाई प्रचण्ड बनाएको हो, त्यो ऋण तिर्ने मेरो जिम्मेवारी हो,” अध्यक्ष दाहालले भन्नुभयो ।