Logo

देशका विभिन्न ठाउँमा आज उधौली पर्व मनाइयो


 

फोटो ः राजकुमार राई ,

काठमाण्डौ, १७ मंसिर राजकुमार राई । प्रकृतिपूजक किराँत जातिले भूमिबाट उब्जनी भएको अन्नबाली भूमिलाई नै अर्पण र पूजा गरी मनाइने उधौली पर्व आज मनाइएको छ ।मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व किराँत, राई, याक्खा र सुनुवार जातिले विशेष गरि राष्ट्रिय चाडका रुपमा मनाउने चलन छ ।

किराँत राई जातिको महान् चाड शाकेला ९उधौली पर्व० का अवसर पारेर आज पूर्वीय नेपालका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरियो ।धरान,सुनसरी,झापा,ईलाम,मोरङ,भोजपुर, खोटाङ तथा राजधानी काठमाण्डौका गोकर्ण, ललितपुर नखिपोट जस्ता विभिन्न स्थानहरुमा समामुहिक पूजाआजासहित प्ररम्परागत वेशभुषामा साँगीतिक प्रस्तुति सहितको कार्यक्रम समेत गरिएको छ ।

आजको दिनबाट विधि अपनाएर सम्पूर्ण किराँत राईहरुले नयाँ अन्नवाली भित्र्याउने चलन छ । विहानैदेखि आ–आफ्नो भेष्भूषामा सजिएर ढोल ढयाङ्ग्रो बजाएर समुहमा नाच्ने चलन छ । किराँतीहरुको भाषा अनुसार पूजारीलाई नक्छो भन्ने चलन छ । जसले विभिन्न विधिहरु पुकार गरेपछि प्रसादहरु समेत बाडेर खाने चलन छ ।

प्रतिक्रिया दिनुहोस्