दोहोरी गायिका बर्षा सिलवालको ( रातमै जुनातारा गितले) ब्यापक चर्चा बटुल्दै, भिडियो सहित
काठमाण्डौ,१५–मंसिर, राजकुमार राई । चर्चित तथा लोकप्रीय दोहोरी गायिका बर्षा सिलवालको रातमै जुनातारा गित बजारमा सार्बजनिक भएको छ ।नेपाली सांगीतिक आँकाशमा उदाउदै चर्चा बटुल सफल भएकी गायिका बर्षा सिलवाल र नब गायक रेल कुमार लामाको संयुक्त स्वर भरिएको लोकदाहोरी गित म्युजिक भिडियो सहित बजारमा सार्बजनिक गरिएको छ ।
गायीका सिलवालको शब्द रचना रहेको गीतमा सुरज अधिकारीले लय शब्द भरेका छन्, । निरन्तर सांगीतिक क्षेत्रमा लागिरहेकी गायिका बर्षा सिलवालले यस अघि थुप्रै गितहरुमा स्वर भरिसकेकी छिन् भने शब्द संगीत रचना साथै गितहरुमा अभिनय पनि गरिसकेकी छिन् ।गायिका सिल्वाले प्रायजसो गितहरुमा लोकदोहोरी र काठे भाकाहरु गाउदै आएकी छन् ।
एक्सन फिल्मस प्रा. लि.द्वारा उत्पादित उक्त गीतको भिडियोमा दुर्गा श्रेष्ठले निर्देशन गरेका भने, युबराज खत्रीको छायांकन तथा सम्पादनमा चर्चित गायीका बर्षा सिलवाल र नब गायक रेल कुमार लामा आफैले नै अभिनय गरेका छन् । साथै कृष्ण दुलाल र लक्ष्मी लामाले अभिनयमा साथ दिएका छन। हालै मात्र एक्सन फिल्मस प्रा लि ले आफ्नै युटुब बाट उक्त गीत सार्बजनिक गरेको छ।