Logo

नेपाल किराँत कुलङ भाषा तथा साँस्कृतिक उत्थान संघद्वारा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुदै


काठमाण्डौ,१०–मंसिर,राजकुमार राई । नेपाल किराँत कुलङ भाषा तथा साँस्कृतिक उत्थान संघद्वारा यहि पौष ८ गते वृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । कला र सँस्कृतिको संरक्षण तथा पर्वधन भन्ने मुख्य नाराका साथ कुलुङ जातिको विशेष महान चाड चक्चाकुरको पावन अवसरमा एस.आर वैेंक्वेट धुम्बाराही स्थित सो कार्यक्रम हुन लागेको हो । देश भरका कुलुङहरुको उपस्थितिमा राष्ट्रिय कलाकारहरुले बेजोड प्रस्तुति दिने भएको छ ।

राष्ट्रिय कलाकारहरु शम्बु राई, मेलिना राई,प्रमिला राई, योजना पुरी,सुष्मा वाहिङ,सुस्मिता राई,कन्काष्ट राई,योगेन्द्र राई,निर्मल सुब्बा,भरत थोरेप्पा,रेखा फागो, गनेश ईशारा,अर्चना मगर,कला राई,अप्सरा थुलुङ, भीम कुलुङ,मिलन कुलुङ,क्षितिज कुलुङ,अजय कुलुङ,संयोगान्त कुलुङ,अरुण कुलुङ,नविला कुलुङ,गोमा कुलुङ,केट्रिन कुलुङ,रमा कुलुङ,निर्मला तामाङ, रक्षा कुलुङ, निर्मला कुलुङ, प्रज्ञा कुलुङ, करुणा कुलुङ,निनीमा कुलुङ,विपना कुलुङ,विपना तोर्ङो,रिदिमा कुलुङ,पुष्कर कुलुङ, माधब गदुहो,मछिन्द्र कुलुङ, सुदिक्षा छेन्हो,रविन्द्र कुलुङ, मन बहादुर कुलुङ,सुनिल कुलुङ,आयुष के.सी.,माधब कुलुङ,अग्रज बट्टराई, आदिको सांगीतिक प्रस्तुतिले कार्यक्रमको रौनग्ता बढाउने भएको छ ।

कुलुङ जातिहरुको सँस्कृति, इतिहास र पहिचान चिनाउनका लागी करिब तीन दर्जन भन्दा बढी राष्ट्रिय तथा चर्चित कलाकारहरुको वेजोड प्रस्तुतिमा यो कार्यक्रमलाई सफल पार्न लागिएको केन्द्रिय कार्य समितिका सह–कोषाध्यक्ष अजय कुलुङले कलाखबरलाई बताउनु भयो । साथै यस चक्चाकुरलाई कुलुङहरुको विशेष दशैको रुपमा लिने गरिएको समेत उहाको भनाई रहेको छ । पौष १५ बाट सुरु हुने यो पर्वमा,करिब ४ दिन सम्म लगातार घर– घरमा आफन्त तथा पाहँुनाई बोलाएर स्वागत,सत्कार गर्ने चलन समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्