Logo

‘मिस इन्टरकन्टिनेन्टल नेपाल –२०१७’ को उपाधी वर्षा शर्मालाई


छिरिङ शेर्पा , काठमाडौं। ‘मिस इन्टरकन्टिनेन्टल नेपाल –२०१७’ को ताज वर्षा शर्माले पहिरिएकी छिन । उनी आफ्ना १७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै पहिलो मिस इन्टरकन्टिनेन्टल नेपाल बन्न सफल भएकी हुन् । शर्मालाई पवि ज्वेलर्सद्वारा निर्मित आयोजक संस्था डिपासका अध्यक्ष एवं मिस इन्टरकन्टिनेन्टलका नेशनल डाइरेकटर पासाङ ( छेल्हमु ) शेर्पाले पवि ज्वेलर्सद्वारा निर्मित ताज पहिराईदिएकि हुन् ।

 

बर्षेनी १२००० भन्दा बढि बालबालिका नेपाल बाहिर बेचिन्छन् , यो कार्य रोकथाम गर्न के गर्नुपर्ला भन्ने प्रमुख निर्णायक डा. छिरिङ्ग लामाको प्रश्नमा, सर्वप्रथम बालबालिकाका अभिभावक शिक्षित हुन जरुरी छ, सरकारी नीतिनियमको पालना गर्नुपर्छ जसले गर्दा ती बालबालिका नेपालको आशा, विश्वास र उज्यालो ज्योति बनेर छर्न सकोस भन्दै टप ५ प्रतिष्पर्धाबाट उत्कृष्ट जवाफ दिएर ‘मिस इन्टरकन्टिनेनटल ’ बन्न सफल भएकी शर्माले शीर्ष ताजसंगै मिस फोटोजेनिक र बेस्ट फिगर को उपाधि समेत चुमेकी हुन् ।

 

प्रतियोगितामा श्रिताज पाण्डे र एलिसा न्यौपाने क्रमश: फस्ट रनरअप र सेकेन्ड रनरअप भए । उनीहरुले पनि क्रमश: ताज सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

 

‘पुर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा मोडल तथा कलाकार सम्बृद्धि राई, एशियाज़ नेक्स टप मोडेल अनि किङ्गफिशरका सहभागी आस्था पोख्रेल, मिस ग्रान्ड इन्टरनेशनलका सहभागी श्रीजना रेग्मी ,फेसन डिजाइनर विजय गौतम, मिराज रिभर साइड भिलेजका प्रबन्धक समीर सिंह क्षेत्री, डाक्टर निर्भाना थापा, निर्णायक मण्डलमा थिए ।

 

 

 

प्रतियोगितामा अन्य उपाधि तर्फ स्विकृती खडकाले पव्लिक चोइस , मिस ट्यलेन्ट , एलिसा न्यौपानेले बेस्ट हेयर बेस्ट पर्सनालिटि, कुसुम बिष्टले बेस्ट स्किन ,लगायत अन्य प्रतियोगीहरुले पनि विविध उपाधि जित्न सफल भए ।

 

सन् १९७१ बाट सुरु भएको यो प्रतियोगीता यसपाली ४६ औं वर्षमा प्रबेश गरेको छ । नेपालमा पहिलो पटक आयोजित मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ मा नेपालका विभिन्न जिल्लाबाट १८ जना युवतीको सहभागिता छ ।

 

यो प्रतियोगिताको मुख्य ब्रान्ड भने पानामा सिटी छ, जसलाई नेपाल आधिकारिक रुपमा डिपास इन्टरनेसनलले ल्याएको हो ।

विजेता वर्षा शर्माले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै जनवरी २०१८ मा इजिप्ट जानेछन ।

प्रतियोगिताले क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई अब्बल बनाउँदै अन्तरदेशीय सम्बन्ध, संस्कार, संस्कृतिका विषयमा ज्ञान दिलाउने आयोजक संस्था डिपासका अध्यक्ष एवं मिस इन्टरकन्टिनेन्टलका नेशनल डाइरेकटर पासाङ (छेल्हमु )शेर्पाले जानकारी दिनुभयो।

कार्यक्रमलाई पी. आर. भी. इन्टरटेन्टमेन्टले व्यवस्थापन गरेका थिए ।

आगामी दिनमा पनि नेपाली युवाहरुको क्षमतालाई प्रस्फुटन गराई अन्तरास्ट्रिय क्षेत्रमा चिनाउन प्रयासरत रहने उक्त कम्पनीका म्यानेजिङ्ग डाइरेकटर रभी शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्