Logo

गायक राजेश पायल राईले गाएका ,क्यारुम त नि, गीत रातारात भाईरल बन्दै (भिडियो सहित)


 

 

काठमान्डू , १,मंसिर,कलाखबर संवाददाता । लोक प्रीय गाएक राजेश “पायल” राईको स्वरमा रहेको “क्यारुम त नि ” बोेल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केही दिन अधि मात्र मुनलाईट फिल्म प्रा.लीद्वारा उत्पादित सो गीत सङ्स नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सो गितले छोटो समयमा नै निकै चर्चा बटुल्न सफल भएको छ । पछिल्लो समय गीत(संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहेका संगीतकार डि आर अटुको निकै मीठो संगीतमा रहेको यो गीतको एरेन्ज राजीव शाहले गरेका छन् । यो गीतको शब्द रचना भने प्रेम बहादुर कटुवालले रचेका हुन् ।

“जिजीबिषा” गीति एल्बममा रहने यो गीतको म्युजिक भिडियोमा उमेश, राम र राजकुमारीले अभिनय गरेका छन् । बिक्रम नेम्वाङ्गले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन र संजिव राईले निर्देशन गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्