Logo

न्यू चिल्ड्रेन होमलाई सहयोगी हातहरुको खाँचो


काठमाण्डौ, १–मंसिर,राजकुमार राई, बढ्दो जाडो मौसमसँगै न्यू चिल्डे«न होमलाई सहयोगी हातहरुको खाँचो भएको छ । वि.स. २०५९ सालमा स्थापित यस सस्थामा जम्मा ३५ जना अनाथ वालवालीकाहरु रहेका छन् । कुनै दातृनिकाय संस्थाको सहयोगवीना यति धेरै अनाथ वालवालिकाको जिम्मेवारी बहन गर्न यस संस्थालाई हम्मे हम्मे भएको छ । यो आवस्थामा कुनै ब्यक्ति, दातृ निकाय, संस्थाहरुले सहयोगी हातहरु फैलाएको भए यी संस्थाका अनाथ वालवालिकाहरुलाई निकै राहट मिल्थ्यो ।

समाजका पहरेदार तथा समाजसेवी विक्रम ढुङ्गानाको नेतृत्वमा अनाथ वालवालिकाहरुको हकहित र संरक्षणका लागी यस संस्थाको स्थापना भएको हो । यी वालवालीकाहरुको शिक्षा, स्वास्थ्य, लट्टाकपडा, खाना नास्ता इत्यादीका लागी विभिन्न स्रोत ब्याक्ति, संस्थाबाट आर्थिक सहयोग जुटाउदै आएको अध्यक्ष विक्रम ढुङगानाले बताउनु भयो । बावु आमा गुमाएका यी सबै आनाथ वालवालीकाहरुको रेकदेक गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको ढुङगानाको भनाई छ ।

यस संस्थामा आश्रित २४ जनाले एस. एल. सी.समेत पास गरेर गईसकेको उहाले बताउनु भयो । यस्ता पिडित वालबच्चाहरुका लागी नेपाल सरकारको भने कुनै सहयोग नभएको अध्यक्ष ढुङगानाले बताउनु भयो । वालकुमारी सुब्बाले प्रति वर्ष आजिवन सदस्य बापत रु एक लाख प्रदान गर्दै आयको छ । जुन यि अनाथ वालवालिकाहरुको शिक्षा, स्वास्थ्य,लत्ताकपडा तथा खानाको निम्ति खर्च गर्ने गरिएको छ ।

समाजसेवी तथा यस संस्थका आध्यक्ष विक्रम ढुङगानाले आफ्नो निजि ब्यावसायबाट भएको आम्दानी पनि यस संस्थालाई नै सहयोग गर्दै आएको छ । त्यस्तै गरी गत वर्ष नायक युविन ढुङ्गाने पनि यसै संस्थाका यि अनाथ वालवालिकाहरुका निम्ति रु एक लाख सहयोग गरेका थिए ।

कुनै बाहिरी संस्था तथा सरकारी सहयोग वीना आफ्नो निजी रुपमा यती धेरै वालवालिकाहरुको जिम्मेवारी काधमा लिनु कुनै चान्चुने कुरा भने होईन । वास्तबमा भन्ने हो भने यो त सरकारी तवरबाट गर्नु पर्ने काम हो । समय समयमा विभिन्न खानेकुरा, लत्ताकपडा जस्ता लगेर यी वालवालिकाहरुलाई दिने गरेको नायक ढुङगानाले कलाखबरलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्