Logo

ओली र प्रचण्ड आक्रामक : अबको कम्युनिष्ट सरकारले देउवाको निर्णय उल्ट्याउने चेतावनी


काठमाडौं—२९ कातिक,कलाखबर संवाददाता । वाम गठबन्धन ९नेकपा एमाले र माओवादी केन्द्र० शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति आक्रामक बनेको छ । सरकार कामचलाउ मात्रै भएको दाबी गर्दै गठबन्धनले मनपरी सरुवा बढूवाका आथै अनावश्यक निर्णय गरे चुनावपछि बन्ने वामपन्थी सरकारले निर्णय एकमुष्ठ खारेज गर्ने चेतावनी दिएको छ ।

बुधबार राजधानीमा प्रेस सेन्टर र प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले यस्तो चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सरकार चुनावी र कामचलाउ भएकाले बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नराख्ने दाबी गरे । ओलीले अहिलेको सरकारले आफुखुशी निर्णय गरेमा पछि बन्ने सरकारले एकमुष्ट बदर गराउने चेतावनी दिए ।
ओलीले कम्युनिष्ट शासन आए लोकतन्त्र होइन देउवाको स्वच्छाचारी शासनको अन्त्य हुने समेत दाबी गरे ।
काग्रेसको घोषणापत्र आफ्नै बुद्धीले नभएर अरुको जोडजाम गरेको आरोप लगाउँदै ओलीले वामपन्थी गठबन्धनको घोषणपत्रमा बर्तमानको चित्र भएको तर काँग्रेसको घोषणापत्रमा केही नभएको तर्क गरे ।

अधिकास समय सरकार र काँग्रेसको आलोचना गरेका ओलीले चार पकट प्रधानमन्त्री हुँदा पनि देउवालाई के गर्न हुन्छ र के गर्न हुदैन भन्ने हेक्का नभएको बताए । उनले आगामी चुनाव कसैले रोक्न नसक्ने समेत बताए । सरकारलाई चेतावनी दिदै ओलीले भने, ‘कसैले चुनाव रोक्ने र सार्ने सपना देखेका छ भने त्यो दुर्भाग्य हुने छ । त्यस्तो हुन दिदैनां । धेरै उलटफेर गरी दिन्छौ ।’
वामपन्थी गठबन्धनका उमेदारमाथि भइरहेको आक्रमणको निन्दा उनले भने ‘यस्ता आक्रमण वामपन्थीका उम्मेदारमाथिमात्र किन भइरहेका छन् कतै यो सरकार र अरुबीचको साठगाँठमा त भइरहेको छैन । होइन भने किन सरकार विज्ञप्ती सम्म निकाल्दैन रु’
विप्लवलाई जनताकै पक्षमा काम गर्न लागेको हो भने दुर्गम गाउँका सेवा गरे वाहवाही पाइने समेत बताए । उनले भने— यस्तो आतंंक सिर्जना गरेर कहाँ पुग्न खोजिँदै छ । किन ढ्याङढुङ गछौ रु’
उनले वाम गठबन्धन चुनाव जितेर सरकार बनाउन मात्र नभई पार्टी एकता गर्न र आर्थिक् समृद्धि गर्न भएको ओलीले बताए ।
उनले अहिलेको संविधानमा सबै वर्ग जातजाति क्षेत्र धर्मलाई प्रतिनिधित्व हुने व्यवस्था भएको पनि बताए ।
यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकार अनैतीक क्रियाकलापतर्फ उन्मुख भएको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेसलाई चेतावनी दिए ।
उनले कांग्रेस बाम एकतापछि अत्तालिएर चुनाव बिरोधी गतिबिधीमा लागेको आरोप समेत लगाए ।

प्रचण्डले बाम एकतापछि नेपाली कांग्रेसले कम्युनिष्ट पार्टी मिलेर अधिनायकबाद ल्याउन खोजेको, निरङुकुश शासन चलाउन खोजेको भन्दै जनतामा भ्रम फैलाउने काम गरेको बताए । उनले जनताले नेपाली कांग्रेसको चरित्र जनताले बुझिसकेको भन्दै गठबन्धनबाट नअत्तालिन आग्रह गरे ।
बाहालवाला मन्त्री माथि आक्रमण गर्दा कांग्रेस किन चुप रु
प्रचण्डले सरकारका बाहालवाला मन्त्रीमाथि बम आक्रमण हुँदा समेत प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसले कानमा तेल हालेर बसेको आरोप लगाए ।
उनले सरकारमा बिना विभागीय मन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथी रुकुममा बम प्रहार हुँदा, रोल्पामा माओवादी नेता बर्षमान पुन,
भोजपुरमा एमाले नेता शेरधन राई माथि बम प्रहार हुँदा समेत सरकार मौन रहेको भन्दै यसमा सरकारको समेत संलग्नता रहेको हुन सक्ने आशंका ब्यक्त गरे ।
उनले भने–‘बाहालवाला सरकारका मन्त्रीलाई आक्रमण गर्नेलाई छोड्ने काम भएको ले दालमा कुछ काला हे त भएको छैन भन्ने गंभिर प्रश्न खडा भएको छ । सरकारले यसलाई गंभिरतापूर्वक लिनुको सट्टा प्रोत्साहन त गरिरहेको छैन रु म शेर बहादुर देउवालाई भन्न चाहन्छु, यदी यस्ता घटनालाई प्रोत्साहन गरेमा त्यो नेपाली कांग्रेसकै लागि दूर्भाग्य हुनेछ ।‘
उनले यस्ता घटनाले ठूलो असर नपु¥याए पनि यस्ता घटना नियन्त्रण बाहिर गए र सरकारले रोक्ने पहल नगरे जनताले नियन्त्रण गर्ने उल्लेख गरे । उनले अलि बढी आत्तिएर यस्ता घटना घटाँउन सरकारमै रहेका मन्त्रीहरुले त भुमिका खेलेका हैनन् भन्नेमा आशंका ब्यक्त गरे ।
बुढी गण्डकी खारेज ऐन विपरित
प्रचण्डले सरकारले चिनियाँ कम्पनीलाई बुढीगण्डकी आयोजना निर्माण गर्न दिइएको जिम्मेवारी खारेज गरेर सरकारले अनैतीक, संविधान र ऐन विपरित काम गरेको बताए ।

उनले आफू प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसको समेत सहमती लिएर बुढीगण्डकी परियोजना चिनियाँ कम्पनीलाई निमार्ण गर्न दिने निर्णय गरेको बताँउदै अहिले सरकारले केका लागि र कसका लागि उक्त निर्णय बदर गरेको भन्दै प्रतिप्रश्न गरे ।
उनले माओवादी अहिले पनि सरकारमा रहेको बताँउदै सरकारको सहयात्रीसँग छलफल नगरी कांग्रेसले संविधान र ऐन विपरित अलोकतान्त्रिक काम गरेको उल्लेख गरे । उनले बुढी गण्डकीका बारेका आज गोरखाका बतासे र आरुघाट भन्ने ठाँउमा जनताले आवाज उठेको बताए ।
उनले निर्वाचनको मुखमा अलोकप्रीय काम नगर्न सरकार र नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् ।
सरकारलाई सरुवा बढूवा रोक्न, आचार संहिता उल्लंघन नगर्न र निर्वाचनको वातावरण बनाउन आग्रह गरे ।
नेपाली कांग्रेसले अहिले अराजनीतिक, अलोकतान्त्रिक र अनैतीक काम गरिरहेको भन्दै यसले नेपाली कांग्रेसलाई नै बढी क्षति पुर पुरयाउनेयाउने उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्