उमेदवारको सुरक्षा आफै गर्न सक्ने ः नेता राईको भनाई
खोटाङ, २८ कात्तिक,राजकुमार राई ः नेकपा ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य टंक राईले उम्मेदवारको सुरक्षा सरकारले दिन नसके हामी आफँैले गर्ने बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले वाम गठबन्धनका उम्मेदवारमाथि भएको शृङ्खलाबद्ध आक्रमणमा सलग्न दोषिलाई कारवाही गर्न सरकार उदासीन देखिएको आरोप लगाउनुभयो ।
“उम्मेदवारलाई लक्षित गरेर दैनिकजसो बम आक्रमण भइरहेको छ”, नेता राईले भन्नुभयो, “अहिलेको सरकार यही बहानाबाजी बनाएर निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रमा लागेको छ कि भन्ने आशंका पनि गर्न सकिन्छ ।”
उहाँले “वामपन्थी दलहरुप्रति जनताको ठूलो भरोसा छ”, भन्दै “यो गठबन्धन कसैका विरुद्ध लक्षित गरेर बनाइएको हैन, स्थिर र प्रगतिशील सरकार गठनका लागि बनाइएको हो, यसबाट कसैले आत्तिहाल्नुपर्ने अवस्था नरहेको ,” बताउनुभयो ।
नेता राईले देशमा स्थिर सरकार नहुँदा विकास निर्माणका गतिविधि अगाडि बढ्न नसकेको उल्लेख गर्दै निर्वाचनपछि देशमा विकासको गति लिने बताउनुभयो ।