गण्डकीका सुन्दरीहरुले आफ्नो प्रतिभा देखाए
२७ –कातिक,पोखरा,राजकुमार राई । एस।टी।क्रियशनको आयोजना रहेको ‘मिस गण्डकी’का प्रतियोगीले आफुमा भएको ट्यालेन्ट सो गरेका छन् । शनिबार आयोजित ट्यालेन्ट राउण्डमा १६ प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएक हुन् । ट्यालेन्ट राउन्डमा प्रतियोगीले नृत्य, गायन, हाँस्यप्रहशन, अभिनय, चित्रकला र बौद्धिक कलाजस्ता प्रस्तुतिहरु प्रर्दशन गरेका थिए ।
प्रतियोगिताको यो राउण्डको निर्णायकहरुमा नृत्य निर्देशक राहुल थापामगर, सञ्चारकर्मी सञ्जोक बस्याल, पिएन क्याम्पसका सह प्राध्यापक मित्रबन्धु बराल, चलचित्र निर्देशक नेत्र गुरुङ र मिसेस गण्डकी निलिमा हिराचन श्रेण्ठ रहेका थिए । २ मंसिरमा प्रतियोगीताको अन्तिम स्पर्धा होटल पोखरा ग्रान्डमा आयोजना हुनेछ ।
बिबिध साँगीतिक कार्यक्रमको साथमा आयोजना हुने प्रतियोगितामा आई।एफ।सी।फेशन कलेजका १६ बिद्यार्थीले तयार पारेका ड्रेस डिजाइनमा प्रतियोगी सजिनेछन् ।
विजेताले शिर्ष उपाधीकोसाथमा स्कुटर र आर्कशक पुरस्कार जित्नेछिन्, भने फस्ट रनर अपले ७५ हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार र सेकेण्ड रनर अपले ५० हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार र थर्ड रनरअपले ३५ हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कारको साथै अवार्ड, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । अन्य उप–विद्यामा विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्था एस।टी। क्रियशनकी निर्देशकइनिशा दुराले जानकारी दिइन् ।