Logo

त्रिपुरेश्वरको एक मोटरसाइकल ग्यारेजमा आगलागी, एक जनाको मृत्यु


२३—कातिक,काठमाडौँ कलाखबर संवाददाता। काठमाडौँको व्यस्त क्षेत्र मध्ये एक रहेको त्रिपुरेश्वरको एक मोटरसाइकल ग्यारेजमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ

 

।बिहिबार साँझ मायाराम भोलाराम जयन्ती पेट्रोल पम्प नजिकै रहेको उक्त ग्यारेजमा आगलागी भएको थियो ।

घटनामा एक जना पुरुषको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले पुष्टि गरे ।मृत्यु हुनेमा मुलायम मिया रहेका छन् ।अहिले दमकल पुगेर आगलागी नियन्त्रणमा लिइसकेको पनि धानुकले बताए ।के कारणले आगलागी भएको हो भन्ने अझै यकिन नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्