Logo

धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा सम्पन्न


आश्विन २८, काठमाण्डौ, राजकुमार राई । धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।छो रोल्पा पाटी प्यालेसमा आयोजित कार्यक्रममा पुर्व सभामुख तथा नेपाली काँग्रेसका वरिष्ठ नेता कुल बहादुर गुरुङको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भविश्वर घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा विशेष गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, पुर्वमन्त्री रेवती प्रसाद भुसाल, नेता रामबहादुर वि. सी. सहकारीको साझा संस्था नेफ्स्कुनका महासचिव श्री चन्द्रप्रसाद ढकाल,

सहकारी डिभिजन कार्यालय प्रतिनिधि भोला भण्डारी, नेका अर्घाखाँचीका जिल्ला सभापति विष्णु मुस्कान, नेपाल सरकारका सहसचिव बालकृष्ण घिमिरे, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष श्री मुक्तिराम श्रेष्ठ, बरिण्ट राष्ट्रिय कलाकार विमलराज क्षेत्री, शीतगंगा जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक विष्णुबहादुर सिंह, चन्द्रागिरी सहकारीका संचालक योगेन्द्र कुँवर, संस्थाका सल्लाहकार शालिकराम घिमिरे, शिवलाल बेलबासे, नरेश अधिकारी, लाइन्स क्वल अफ काठमाण्डौ लुम्विनीका अध्यक्ष मोतिलाल पोखरेल लगायत बैंक तथा वित्तीय व्यवसायीहरुको विशेष उपस्थितिमा कार्यक्रम भव्यतका साथ सम्पन्न भयो ।

कार्यक्रलमा संस्थाका उपाध्यक्ष गगनसिंह घिमिरे स्वागत मन्तव्य दिनुभएको थियो भने अतिथि हरुका तर्फबाट संस्थाको सफलताको शुभकामना व्यक्त गर्ने व्यक्तित्वहरुमा नेका नेत्री पुष्पा भुसाल, नेपाल सरकारका सहसचिव बालकृष्ण घिमिरे, डिभिजन सहकारीका भोला भण्डारी हुनुहुन्थ्यो । सवै अतिथि गणहरुले धान्याञ्चल सहकारी संस्थाको हालसम्मको प्रगति अत्यन्त उत्साहजनक रहेको र आगामी दिनमो यस संस्थाको सशक्त विकासको लागि सवैको पूर्ण सहयोग रहने समेत प्रतिवद्दता ज्ञापन गर्नुभएको थियो ।

अतिथिका तर्फबाट बोल्नुहुदे नेपाली कांग्रेस अर्घाखाँची जिल्ला सभापति विष्णु मुस्कानले धान्याञ्चल सहकारीले नेपालको सहकारी आन्दोलन लाई एउटा नयाँ उचाईमा पुर्याएकोमा विशेष बधाई दिदै जिल्ला तथा केन्द्रीय पहलबाट यस सहकारीलाई जिल्ल बासीको मुटुको ढुकढुकी बनाउन आफु र आफ्नो संगठनको तर्फबाट पूर्ण प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।


कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अथिति समेत सहनुभएका नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पुर्व सभामुख हाल वरिष्ट के्रन्द्रीय सदस्य के। वी। गुरुगंले बी। पी। ले देख्नुभएको सहकारीको सपनालाई यस धान्याञ्चल सहकारीले साकार पार्न अत्यन्त ठूलो भूमिका खेलेको उल्लेख गर्दै बधाई तथा विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो । संस्थाले प्रकाशन गरेको धान्याञ्चल दर्पण नामक स्मासिकाको समेत विमोचन पश्चात् संस्थामा उत्कृष्ट कार्य सम्पादन गरे बापत विशेष सम्मान कार्यक्रम समेत सम्पन्न भएको थियो ।

यसका लागि उत्कृष्ट बचतकर्ता तर्फ महिला व्यवसायी सीता पराजुली, उत्कृष्ट कर्जा तर्फ गोविन्द घिमिरे, उत्कृष्ट कार्यालय सञ्चालन तथा व्यवस्थापन तर्फ यमलाल घिमिरे, उत्कृष्ट अंक हासिल गरे बापत सुश्री प्रविना पराजुली, प्रकाशनतर्फ तुल्सी घिमिरे, संस्थाको विकास तर्फ विशलाल बेल्वासे, विवेक पौडेल, नरवहादुर कार्की, शिवदेव पाण्डे तथा माधव भुसाललाई कार्यक्रमका प्रमुख अतिथि तथा सभापतिले संयुक्त रुपमा माल्यार्पण तथा सम्मान पत्र प्रदान गर्नु भएको थियो । साथै कार्यक्रमलाई जानकारी मूलक बनाउन संस्थाका सूचना विभाग प्रमुख द्रोण पराजुलीले डकुमेन्ट्री प्रदर्शन गर्नु भयो भने ।

उपस्थित जनलाई थप मनोरञ्जन दिन केन्द्रीय कलाकार हरु विमलराज क्षेत्री तथा खुमराज घिमिरेले आफ्नो विशेष सांगितिक प्रस्तुति समेत राख्नु भएको थियो । अन्त्यम संस्थाको अध्यक्ष तथा कार्यक्रमका सभापतिको तर्फबाट मन्त्व्य दिनुहुदै भविश्वर घिमिरेले विशेष गरी धान्याञ्चल सहकारी संस्था छोटो समयमा उल्लेखनीय प्रगति गरी शेयरधनीहरुलाई १५ प्रतिशत सम्म मुनाफा वितरण गर्न सफल भएको जानकारी गराउँदै २७ जना शेयर सदस्य बाट सुरु भएको सहकारीमा हाल आएर २५० भन्दा बढी शेयर सदस्यहरुले शेयर खरिद गरिसकेको जानकारी दिनुहुदै अव यो संख्या एक बर्षका ५०० पुग्ने जानकारी समेत गराउनु भयो ।

संस्थाको हालसम्मको शेयरबापत रु १,८२,५५,००० तथा कर्जा तर्फ रु २,३४,७३,७५५ पुजी परिचालित भएको जानकारी समेत दिनुभयो । आर्थिक पारदर्शिता तथा चुस्त व्यवस्थापनको कारण संस्थाको यस प्रकारको विकास सम्भव भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर रु १०,००० देखि रु ५,००,००० शेयर खरिद गर्न सकिने विश्वास समेत दिलाउनु भएको थियो भने कार्यक्रमको संचालन संयुक्त रुपमा संस्थाका कर्जा समितिका संयोजक तुल्सी घिमिरे र संस्थाका सचिव कृष्ण अधिकारीले गर्नुभएको उक्त कार्यक्रम काठमाण्डौका बालाजु स्थित च्छो रोल्पा पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्