Logo

भगवान गौतम बुद्धको करिब दुई फिट अग्लो मूर्ति जमिन मुनि भेटियो


छिरिङ्ग शेर्पा , काठमाडौं। सडक विस्तारका क्रममा बल्खुमा जमिन मुनि भगवान गौतम बुद्धको करिब दुई फिट अग्लो मूर्ति भेटिएको छ ।

बल्खुको पेट्रोल पम्प नजिक स्काभेटरले जमिन खन्दा करिब चार फिट तल बुद्धको मूर्ति फेला परेको प्रहरीले जनाएको छ ।

सडक विस्तारका क्रममा मूर्ति फेला परेपछि सडक बिस्तार प्राविधिक टोलिले तत्काल प्रहरीलाई खबर गरे लगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले

घटनास्थल पुगेर मूर्ति बुझिलिएको हो ।

पञ्चबुद्ध मध्ये वैलोचन वा रत्नसम्भवको हुनसक्ने अनुमान गरिएको उक्त मुर्ति दाहिने हात भाँचिएको अवस्थामा रहेको छ ।

प्रहरीले मूर्ति आइतबार पुरातत्व विभागमा पठाएको वृत्त प्रमुख डीएसपी प्रदीपकुमार क्षत्रीले जानकारी दिए । मूर्ति पुरातात्विक र ऐतिहासिक महत्वको हुन

सक्ने प्रहरी वृत्त प्रमुख डीएसपी प्रदीपकुमार क्षत्रीले उनले बताए । मूर्ति आइतबार पुरातत्व विभागमा पठाएको वृत्त प्रमुख डीएसपी प्रदीपकुमार क्षत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्