Logo

धादिङमा दशै विशेष साँस्कृतिक कार्यक्रम , कलाकारहरुको वेजोड प्रस्तुति


 

१५—असोज, धदिङ, राजकुमार राई । हाम्रो भाका हाम्रो, हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको धादिङ् जिल्ला शाखा कार्यसमितिले वृहत दशै विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । धादिङ जिल्लाको रातमाटे गाउँमा आयोजित कार्यक्रममा जिल्ला कार्यसमितिका अध्यक्ष रजनी लामाको सभापतित्वमा प्रमुख अतिथि नेकपा एमालेका सस्य तथा राष्ट्रिय बुद्धिजिबि परिषद नेपालको केन्द्रिय सदस्य डां राम कुमार अधिकारीले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाल पर्यटन बोर्डको सदस्य एवम् वरिष्ठ पर्यटन व्यावसायी राजेन्द्र सावकोटा, गुञ्जनमान तामाङ, राजा राम रिजाल, विशेष अतिथि रहेका थिए भने , अन्य अतिथिहरुको रुपमा वडा सदस्य श्यम बहादुर शाह, सुमित्रा गुरुङ, तोकजेङ शाह, भिम बहादुर थापा, पाथीभरा मगर समाजका आध्यक्ष दलक बहादुर आले, प्रहरी सहायक निरीक्षक प्रकाश शाह, समाज सेवी नरद आले, कन्यादेवी देउसी भैलो समाजका अध्यक्ष नर बहादुर घले, समाजसेवी गणेश बहादुर घले, श्याम लामा, युवा संघ नेपाल तार्के श्वर गाउँ पालिका अध्यक्ष सविन गुरुङ, किरण पाठक, प्रदीप शाह, रमेश श्र्रेष्ठ, वेग बहादुर तामाङ् , मंगले तामाङ, आदि अतिथिहरुको रुपमा रहेर कार्यक्रमको शोभा बढाएका थिए ।

कलाकार अतिथिहरुमा भीम कुसारी, डि.बि. तामाङ, बिनिता राई, श्याम तामाङ, सरोज तामाङ, सर्मिला गुरुङ्, विनिता गुरुङ, हरि लुइटेल, विपना गोले, प्रवेश श्रे्रष्ठ आदि रहेका थिए । प्रतिष्ठानका सदस्य तथा लोक प्रिय कलाकार नारायण शाहले एक कुशलता पुर्वक कार्यक्रमलाई सञ्चालन गरेका थिए । कार्य उदघाटन पश्चात जिल्ला उपाध्यक्ष तथा लोकप्रीय गायक भुवन सापकोटाले स्वागत मन्तब्य दिएका थिए । उपाध्यक्ष सापकोटाले मन्तब्यको क्रममा हरेक हाम्रो भाषा, कला सँस्कृति लोप हुँदै गई रहेको अवस्थामा यस्ता साँस्कृतिक कार्यक्रम गर्नु नितान्तै आवश्यक रहेको बताउनु भएको छ । हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको पहिचान मुलक यस्ता कार्यक्रमले गाँउमा पनि केही जनचेतना अभिबृद्धि तथा सकरात्मक सन्देशहरु फैलाउन सकुन भन्ने उद्देश्य स्वरुप यो कार्यक्रमलाई गाउँमा नै गरिएको समेत उहाँले बताए । कार्यक्रम सञ्चालक नारायण शाहले यो कार्यक्रमबाट केही हौशला तथा नयाँ कुरा सिक्ने मौका पाएको र आगामी दिनहरुमा पनि यसरी गाउँको माझमा फेरि कार्यक्रम गर्ने नयाँ जोश र उमंग थपेको बताउनु भएको छ ।

सरद ऋतुको प्रहरसँगै खुल्ला आँकाश मुनि आम दर्शकको भीडभाड तथा कलाकारहरुको वेजोड प्रस्तुति देख्दा आफू प्रफूल्लित भएको अध्यक्ष रजनी लामाले बताइन् । चर्चित लोकदोहोरी गायीका समेत रहेकी लामाले आफनै गाउँ बस्तीमा यसरी राष्ट्रिय स्तरको भब्य र सभ्य कार्यक्रम सफल पार्नुमा उपाध्यक्ष भुवन सापकोटा र कार्यक्रम सञ्चालक तथा कलाकार नाराय शाहलाई विशेष धन्यवाद समेत ज्ञापन गर्नु भएको छ । लोपोन्मुख कला सँस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तब्य भएको तथा बाहिरी सँस्कृतिले नेपाली सँस्कृतिलाई गाँजेको अवस्थामा यस किसिमको रचनात्मक तथा सृजनात्मक दुवै किसिमको कर्यक्रम गर्नु स्रहानीय रहेको प्रमुख अतिथि डां राम कुमार अधिकारीले बताउनु भएको छ । राजनैतिक अस्थिरताले नेपाली सँस्कृतिलाई तहस्नहस् बनाएको समेत उहाँले बताउनु भएको छ ।

कार्यक्रममा लोक दोहोरी, सेलो भाका, लोक भाका , लाइभ बाजा बजाएर मारुनी भाका एवम् विभिन्न मारुनी भाका तथा विभिन्न रोमान्चक तथा रमाईला रमाईला नृत्यहरु समेत प्रस्तुत गरिएको छ । रजनी लामा, भीम कुसारी, रितु लामा, श्याम तामाङ, सरोज तामाङ, सर्मिला गुरुङ्, विनिता गुरुङ लगायतको कलाकार टोली पालैपालो स्तेजमा उक्लिएपछि आम दर्शकमा निकै रौनक्ता छाएको थियो । आम दर्शकको वान्समोड् र नृत्यले धुँवा धुलो नै उडाएका थिए । हजारौ दर्शकको भिडलाई थाम्न कलाकारहरु निकै हम्मेहम्मे भएका थिए । श्री कन्या देवी देउसी भैलो समाज तथा पाथी भरा मगर समाज रातमाते धादिङ्ले कार्यक्रमलाई सह प्रायायोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्