कलाकारिता क्षेत्रका हस्ति जगन्नाथ भण्डारी

आश्विन ३, पारु तिवारी,काठमाडौं,कलाकारिता क्षेत्रमा चर्चा कमाइरहेका कलाकार जगन्नाथ भण्डारी दोलखा जिल्लामा जन्मेका हुन । दोलखाको सुन्दर रमणीय वातावरण खेली हुर्की गरेका भण्डारी आफु बाल्यकाल देखि नै कलाकारिता प्रति चासो देखाउने गरेको बताउछन । अरुले नाचेको देख्दा आफु पनि कलाकार बन्न पाए हुन्थ्यो भन्ने सोच आफुमा आउने गरेको कलाकार भण्डारी बताउछन ।
उमेरले भण्डारी ८० औँ बसन्त पार गरिसकेका छन् । अहिलेपनि भण्डारी विभिन्न साङगीतिक कार्यक्रमहरु तथा टेलिसिरयल एव म्युजिक भिडियोहरुमा उत्तिकै भ्याइनभ्याइन भइरहेको बताउछन् । बाल्यकाल देखि नै रमाईलो वातावरण तथा कलाकारिता क्षेत्र मन पराउने भण्डारीलाई हामी एक सफल समाजसेवीको रुपमा पनि चिन्न सक्छौ । उहांले अहिले सम्म थुप्रै सानो तथा ठुलो चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् ।