साँस्कृतिक कार्यक्रमको नाम्मा टिकट बेचेर भाषणको ब्यापार ।
काठमान्डौ – ३२, भदौ, कलाखबर संवाददाता । रामेछाप साँस्कृतिक कलाकार समाजले शनिबार राजधानीमा विजया दशमीको शुभकामना आदनप्रदान तथा विभिन्न स्रष्टालाई सम्मान कार्यक्रमको आयोजना गरेको छ । गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुराएको श्रष्टाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा राष्ट्र सेवक वेदबहादुर कार्की, अभिनेत्री मिथिला शर्मा, गायक नारायण रायमाझी, लोक गायक रेशम थापा, पत्रकार मात्रिका पौडेल, खेलाडी भावना सुनुवार, लोक गायिका सीता थापा, गायक रोज मोक्तान, अमृतबहादुर सुनुवार र लोक गायक राजेन्द्रकुमार कार्कीलाई बिशेष सम्मानका साथ दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रममा रमेश दुलाल, मोडल एलिना रायमाझी, गायिका तथा मोडल सिर्जु अधिकारी, गायिका भुमिका गिरी, कमल सरगम, साबित्री जोशी, गायक अमृत खाती लगायतका कलाकारलाई पनि सम्मान गरिएको थियो ।
तर कार्यक्रमा जति पनि कलाकारहरुलाई सम्मान गरिएपनि लक्ष्य अनुसारको कार्यक्रम नभएको ब्यापक गुनासो कलाकारहरु बाटै आएको छ ।कलाकारलाई प्रस्तुति दिने भन्दै रु पाँच सयको टिकट भिडाएर प्रस्तुति दिन त कता न कता भाषण मात्र सुनाएर खाली ब्यापार गरेको धेरै कलाकारहरुको आरोप रहेको थियो ।शुभकामना आदनप्रदान तथा श्रष्टा सम्मान एवं बृहत सास्कृतिक कार्यक्रम भनिएपनि बृहत सास्कृतिक कार्यक्रम भने ब्यानरमा मात्र सीमित रहेको एक कलाकारले बताएका छन् ।
बृहत सास्कृतिक कार्यक्रमको नाममा अनावश्यक भाषण सुनाए पछि कार्यक्रमको मध्येभाग नपुग्दै आम दर्शक तितरवितर भए पछि स्टेज तथा हल नै पुरा खाली देखिएको थियो । कार्यक्रमको समापन नहुदै सम्मानित सबै कलाकर्मीहरु बाहिरि सकेका थिए । साँस्कृतिक कार्यक्रम भन्दै आयोजक संस्थाले रु पाँच सय बराबरको टिकट विक्रि गरेको तर सास्कृतिक कार्यक्रमको नाममा भाषणमात्र सुनाएका कारण टिकक काटेर गएपनि खल्लो भएको कार्यक्रममा सहभागीले बताए ।संस्थाले काठमाडौंको सामाखुसी स्थित स्काइ पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरेको थियो ।