Logo

२३ औ चक्रपथ रिङरोड् सरसफाई अभियानमा हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको सहभागीता ।



भाद्र–३१, शनिबार, राजकुमार राई, काठमाडौं । आज आर्जन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २३ औ रिङरोड सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । सुन्दर शहर, हामी सबैको रहर, स्वस्थ वातावरण, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ काठमाडौंको चक्रपथ सरसफाई महान् अभियानको थालनी गरिएको हो । उक्त सरसफाई अभियानमा, रत्न बहादुर पुलामी मगरको अध्यक्षतामा हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको केन्द्रिय समिति तथा उपत्यका शाखा कार्य समिति समेतको वृहत सहभागीता रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कला सँंस्कृतिको संरक्षण तथा संवर्धनका लागी स्थापित यस संस्था अब हरेक यस्ता सामाजिक कार्यमा समेत लाग्ने र आफ्नो छुट्टै पहिचान कायम गर्दै अगाडी बढ्ने अध्यक्ष मगरले बताउनु भयो । यस्ता नमुना तथा उदाहरणीय सामाजिक कार्यमा विभिन्न सँस्थासँग हातेमालो गरी अगाडी बढ्न पाउदा निकै खुशी लागेको यस प्रतिष्ठानका महासचिब कृष्ण राना भाटको भनाई थियो । आगामी दिनहरुमा पनि यस किसिमका असल सामाजिक कार्यमा जस्तोसूकै आवस्था पनि हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपाल लागी पर्नै उहाँले बताउनु भयो।


काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोकवहादुर टण्डनले अगुवाई गर्नुभएको चक्रपथ सरसफार्इ महा९अभियानले आज शनिवारदेखि २३ औं हप्ता पुरा गरेको छ । प्रत्येक हप्ता शनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखा नगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ ,नेपाल प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।महाराजगंज नारायण गोपाल चोक देखि नयां बसपार्क सम्मको सडकको दायाँबायाँ सार्बजनिक ठाउमा बर्षौ देखि फालिएका हरेक थरिका फोहोरहरु निकै मेहनतका साथ घीन नमानी उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको मुहार फेरिएको छ ।


तर अझै पनि फोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र फोहर फाल्न भने छाडेका छैनन ।सडकमा जथाभावी फालिने फोहोरमैलाले बटुवालाई मात्र हैन, पसल र घरमा बस्नेहरुलाई समेत असर गर्न थालेपछि सरसफाई अभियान थालिएको अभियानका संयोजक लोकबहादुर टण्डनले बताए । ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारम्भ गरिएको सफाई अभियानबाट आज १५ टन फोहोर संकलन गरिएको थियो । सो अभियानमा करिब ९०० जनाले सहभागिता जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्