Logo

मुन्द्रे ड्राईभर म्यूजिक भिडियो युटयूबमा ग्याल्याम्मर भए पछि गायक कुुसारी बेपत्ता ।


भाद्र—२३,शुक्रबार, राजकुमार राई, काठमाण्डौ । वि.स. २०३५ सालमा यस सुनौलो धर्तीमा आफ्नो पाइला टेकाउदै रुकुम जिल्लाई आफ्नो जन्मथलो बनाएका भीम कुसारी एक सर्जक तथा चर्चित लोकप्रीय दोहोरी गायक हुन् । सानै उमेदेखि सांगीतिक धरातल आकाशमा सुनौलो सपना बुनेका गायक कुसारीले आफनै शब्द संगीतमा करिब २०० भन्दा बढीमा आफ्नै सुमधुर आवाज भरेर चर्चा कमाई सकेका छन् ।

काक्रो चोरेर तथा,लामाहीबाट छुटयो हाम्रो माया, चङ्गा सरी उडी रहन्छ हाम्रो मन् जस्ता चर्चित गीतबाट निकै चर्चा कमाएका गायक कुसारीले फेरि अर्को मुन्द्रे ड्रईभर, ग्याल्यामर गीत म्यूजिक भिडियो बाजारमा ल्याएर छुट्टै चर्चा कमाउने भएको छ । मेरी बासैका हाँस्यकलाकार बान्द्रे र विमलाको अभिनय रहेको यो म्यूजिक भिडियोलाई होम धितालस फिल्मसले आफनो युटयूब च्यानेलमा हालेको छ ।

मेरी बासैकी अभिनेत्री हाँस्यकलाकार (विमली) सुशिला निरौलाले लगाएको छोटो पहिरण तथा गाडी ड्रईभर बान्द्रे बीचको क्रियाकलापले यो म्यूजिक भिडियो रोमान्चक तथा निकै ग्याल्याम्मर बनेको छ । जस्को कारण दोहोरी गीत क्षेत्रमा यसले छुट्टै पहिचान कायम गर्ने संकेत देखिन्छ । यो गीत ग्याल्याम्मर भए पनि यसले स्टेजमा धेरै दर्शक नचाउन सफल भएको गायक कुसारीले बताएका छन् ।

अहिलेको जमना तथा समयको माग अनुसार यो भिडियो निर्माण गरिएको र यसले बजारमा छुट्टै पहिचान बनाउने गायको दाबी रहेको छ । दिन भरि गीतसंगीत सृजनामा तल्लिन गायक साँझ भने लोक दोहोरी गाउनमा ब्यस्त भएको बताउछन । हाल उहाँ हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्