Logo

सान्तोष थुलुङ्ग राईको “प्रतिक्षा” एल्बम विमोचन् ।


भदौ– १७,राजकुमार राई, काठमान्डौ,गीत संगीतको फाटँमा रमाउदै आएका सन्तोष थुलुङ राईको प्रतिक्षा एल्बम आज विमोचन भएको छ । काठमान्डौको राजधानी अनामनगर विनायो क्याफँेमा आयाजित सो कार्यक्रममा सभापतिमा प्रियजन राई, विशिष्ट अितिथिमा, संगीत कर्मी ओमप्रकाश राई, गायक तथा संगीत संयोजक सनाम पुरुष लगायत अन्य अतिथिको रुपमा रहेर कार्यक्रमको शोभा बढाएका थिए । लामो संगीत साधना पछि पहिलो कोशेली स्वरुप उहाँले यो एल्बम बजारमा ल्याएको हो । अधिकांश गीतमा, चर्चित संगीत कर्मी सनाम पुरुष राईको संगीत रहेको छ भने बाकी एउटामा कुमार बी सी को संगीत रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

ईन्द्र बुढाथोकी र स्मृति राईको शब्द रचना रहेको सो एल्बममा ६ वटा गीत समाबेश गरिएका छन् । वुवायुवति बीचको माया प्रेम तथा बिछोडका पिडा समेटिएका उक्त गीतमा चर्चित तथा लोकप्रीय गायीका मेनुका राई र मेलिना राईको समेत आवाज सुन्न सकिन्छ ।
पुर्वाञ्चल इटहरीलाई आफ्नो जन्मो थलो बनाएका गायक राईले इटहरीकै संगीत विद्यालयबाट संगीत यात्रा गरेका हुन् । सुमधुर स्वरका धनि गायक राई आगाडी नै पुर्वका हरेक स्टेज कार्यक्रमहरुमा लाखौ दर्शक, स्रोताको मनलाई जित्न सफल भइसकेका थिए । मिहेनत र धैर्यता गरयो भने यस क्षेत्रमा पनि उज्जवल भविष्य रहेको तर्क उनले गरे ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

आफ्नो एल्बम्मा समाबेश सबै गीत उत्कृष्ट रहेको र त्यसमा पनि लोकप्रीय कलाकारहरुले आफूलाई साथ दिएकाले यसमा आफू सफल हुन विश्वस्त रहेको उल्लेख् गर्नुभयो । विशेष गरि सनम पुरुष राईको साथ सहयोग र प्रेरणाले गर्दा आज यस क्षेत्रमा आउन सफल भएको कुरा उद्धृत गर्दै अब भने निरञ्तर संगीत क्षेत्रमा लागी रहने समेत उहाले बताए । करिब ६० जना भन्दा माथी विभिन्न संगीत कर्मी तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । उपस्थित सबैलाई एक प्रति एल्वम् समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्