लेखक जनार्दन आचार्यद्वारा लिखित संस्मरणात्मक पुस्तक कल्पवृक्षको अंग्रेजी संस्करण ‘द वीश फुलफिलिङ ट्री’ सार्वजनिक


छिरिङ शेर्पा , काठमाडौं। । लेखक जनार्दन आचार्यद्वारा लिखित संस्मरणात्मक पुस्तक कल्पवृक्षको अंग्रेजी संस्करण ‘द वीश फुलफिलिङ ट्री’ सार्वजनिक गरिएको छ ।
पूर्वमन्त्री महेश आचार्यले लेखकले बानेश्वर, भिमसेनगोलास्थित श्री सत्यसाई केन्द्रमा नियमित भजन तथा सत्सङग समारोहमा पुस्तक सार्वजनिक गरेका थिए ।
सार्ईबाबालाई कल्पवृक्षका रुपमा चित्रित गरेको उल्लेख गर्दै प्रस्तुत पुस्तक हरेक उमेर र वर्गका व्यक्तिहरुका लागि प्रेरणादायी भएको पूर्वमन्त्री महेश आचार्यले बताए ।
कार्यक्रममा पुस्तकका लेखक जनार्दन आचार्यले साईलिला समेटिएको संस्मरणात्मक पुस्तक कल्पवृक्ष सन् २०१० मा प्रकाशित भएकोमा अंग्रेजी संस्करणको पनि माग भएकोले सात वर्षपछि अंग्रेजी संस्करण प्रकाशन गरेको बताए ।
कल्पवृक्षको अंग्रेजी संस्करणको अंग्रेजी भाषा अनुवादक स्नेहा शर्माल हुन् भने सम्पादन मुकुन्द अर्यालले गरेका हुन्