नेपालमा पहिलो पटक “मिस इन्टरकन्टीनेन्टल नेपाल २०१७” सुन्दरी प्रतियोगिता हुने
छिरिङ शेर्पा , काठमाडौं। सुन्दरी प्रतियोगिताहरु आयोजना हुने दुनियाँमा फरक र छुट्टै पहिचान, अवसरका साथ पहिलो चोटि मिस इन्टर कन्टीनेन्टल नेपाल २०१७ आयोजना हुन गइरहेको छ । ४५ बर्षअघि देखि पानामा सिटीबाट आयोजना शुरु भएको यो प्रतियोगिताले सुन्दरी युवाहरुलाई विभिन्न अवसरहरु प्रदान गर्दै आएको छ ।
महिलाहरुको रुप मात्रै हैन उनीहरुमा भएको क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई समेत सम्मान गर्दै अवसरहरु प्रदान गर्ने र विभिन्न क्षेत्रमा स्थापित गराउन नेपालमा पनि प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपाल भरीका महिलाहरु वीच प्रतिस्पर्धा गराई नेपालकै सुन्दर र क्षमतावान सुन्दरी छनौट गर्न मिस इन्टर कन्टीनेन्टल नेपाल २०१७ डिपास इन्टरनेशनलले नेपालमा पनि आयोजना गर्न गइरहेको छ ।
सामाजिक अन्तर्घुलन, अन्तरदेशीय सम्वन्ध, संस्कार, संस्कृती, भिन्न राष्ट्रिय पहिचानलाई एकताको सुत्रमा बाँध्नका लागि पनि प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छ । नेपाली चेलीको क्षमतालाई विश्वमा चिनाउनका लागि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । प्रतियोगितामा सहभागि भएर आफ्नो सुन्दरता, क्षमता, प्रतिभालाई खुल्ला रुपमा प्रस्फुटन गर्न यसै विज्ञप्ति मार्फत आह्वान गर्दछ ।
नेपालको प्रमुख शहरहरु विर्तामोड, इटहरी, चित्तवन, बुटवल, धनगडी, पोखरामा क्रमश २०७४ श्रावण ३१, ३२ भाद्र १, २, ४ र ६ गते र फाइनल राजधानी काठमाडौंमा भाद्र ८ र ९ गते छनौट हुन गइरहेको छ । बढीमा २५ सहभागी यहाँ छनौट गरेर काठमान्डौमा एक महिने प्रशिक्षण दिइनेछ। प्रशिक्षण अन्तर्राष्ट्रिय अनुभव संगालेका फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारद्वारा दिइनेछ।
मिस ईन्टरकन्टिनेन्टल २०१७ यहि असोज ७ गते चुनिनेछ। चुनिएका विजेता विश्वभरीका प्रतियोगिहरुवीच मुम्बाईमा नोभेम्वरमा हुने मिस ईन्टरकन्टिनेन्टल २०१७ प्रतियोगितामा सहभागि गराइनेछ। प्रतियोगितामा सहभागि हुनका लागि मापदण्ड तोकिएको छ । आयोजकले तोकेका मापदण्ड यस्ता छन् ।
प्रतियोगितामा सहभागि हुन आवश्यक योग्यता तथा मापदण्डहरु:
१. प्रतिस्पधीको उमेर १८ पूरा भई २६ ननाघेको हुनुपर्ने ।
२. उचाई न्युनतम ५’’२ हुनपर्ने ।
३. अविवाहित, नेपाली नागरिक हुनुपर्ने ।
४. शरीरमा देखिने गरी ट्याटु खोपेको हुन नहुने ।
५. अङ्ग्रेजीमा सामान्य सम्वाद गर्न जान्नुपर्ने।
प्रतियोगिताको मूख्य आयोजक मिस इन्टरकन्टीनेन्टल अर्गनाइजेशन ९एमआईओ० रहेको छ । प्रतियोगितालाई नेपालका विख्यात कम्पनीहरुको प्रयोजनबाट आयोजना भएको आयोजक संस्था डिपास इन्टरनेश्नलका संस्थापक तथा मिस इन्टरकन्टीनेन्टल नेपालका नेशनल डाइरेक्टर पासाङ शेर्पा (छेल्हामु) ले जनाएकी छन् ।