Logo

हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको तेस्रो शाखा विस्तार ।


hamro vaka

श्रावण–२१, राजकुमार राई, धादिङ, हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको तेस्रो शाखा धादिङमा विस्तार भएको छ । केन्द्रीय अध्यक्ष रत्न पुलामी मगरको सभापतित्वमा कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक्रमलाई केन्द्रका महासचिब कृष्ण रानाभाटले सञ्चालन गरेका थिए ।
प्रमुख अतिथिमा दितीय उपाध्यक्ष अनन्त अर्याल, विशिष्ट अतिथिमा , केन्द्रीय सचिब राजकुमार राई, तथा अतिथिहरुमा केन्द्रका सदस्यहरु दोर्ण पराजुली, विनिता राई, शर्मिला के.सी. थापा, डि. बी. तमाङ, पासाङ लोपचन लगायत अन्य सदस्यहरु समेतको उपस्थिति रहेका थिए । धादिङ जिल्लाकै लोक दोहोरी गायीका रजनी लामाको अध्यक्षतामा २१ जना नयाँ कार्य समिति चयन भएका छन् ।

उपाअध्यक्षमा भुवन सापकोटा,महासचिबमा उत्सव तामाङ, कोषाध्यक्षमा एसोधा विहारी, तथा सदस्यहरुमा अञ्जु तामाङ, मुना लामा , रविना तामाङ, नारायण शाह , भुवन बहादुर सापकोटा, भक्त बहादुर तामाङ, कुमारी तामाङ, सीता वाइबा, भक्त बहादुर राणा, राम माया वाइबा, राजा राम डङ्गोल,ईन्द्र बहादुर तामाङ,विनिता तामाङ, प्रकाश कार्की, मनोज थापा, सानु राम परियार, आदी निर्वाचित भएका छन् ।
नव निर्वाचित सम्पूर्ण पधादीकारी हरुलाई केन्द्रीय अध्यक्ष रत्न पुलामी मगरले खादा अपर्ण गरी शुभकामना तथा हार्दिक बधाई दिएका थिए । केन्द्रका पधादीकारीहरुले नव निर्वाचित सम्पूर्ण सदस्यहरुलाई शपथ समेत खुवाएका थिए । नव निवार्चित सबै पदाधि कारिहरुले अब कम्मर कसेर संस्थाको हितका लागी जस्तो अवस्थामा पनि आफूहरु लागी पर्ने प्रतिबद्घता जाहेर गरेका थिए ।

पछाडी परेका कलाकारहरु तथा कला सँस्कृतिको उत्थान गर्दै अबको दिनमा सँस्थालाई एक नमुनाको रुपमा चिनाउने अध्यक्ष रजनी लामाले बताइन् । कुनै राजनैतिक हस्तक्षेप बिना तनमन र निस्वार्थ भावनाले सँस्थाको हितमा निरञ्तर आफु लागी पर्ने उपाध्यक्ष उत्सव तामाङले बताए । धादिङ शाखाका पदाधीकारी हरुको उल्लास र हौशला देख्दा आफुलाई पनि उर्जा थपेको केन्द्रीय महसचिब कृष्ण रानाभाटले बताए । अबको दिनमा धादिङ शाखाले गर्ने हरेक योजना तथा कार्यक्रमहरुमा जस्तोसुकै अवस्थामा पनि सहयोग तथा सहकार्य गर्न केन्द्र तयार रहेको अध्यक्ष रत्न बहादुर पुलामीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्